टी–२० विश्वकप २०२४ मा लगाउने नेपालकाे नयाँ जर्सी सार्वजनिक

काठमाडौं । आउँदो जून महिनामा वेस्ट इण्डिज र अमेरिकामा हुने आइसिसी टी–२० विश्वकप २०२४ मा नेपाली क्रिकेट टिमले लगाउने नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज नेपाली टिमले लगाउने जर्सी सार्वजनिक गरेको हो ।

निलो र रातो रंग मिश्रित जर्सीमा दुवै काँधमा नेपालको झण्डा छ । जर्सीको तल्लो भागमा सगरमाथा अंकित छ । छातीको एक भागमा प्रयोजकको लोगो र अर्को भागमा क्यानको लोगो छ । विश्वकप नेपाल समूह ‘डी’ मा छ । समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जून ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ । बाँकी खेलहरु नेपालले वेस्ट इन्डिजमा खेल्नेछ । जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ । विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन् । त्यसपछि १९ देखि २४ जुनसम्म सुपर–८ हुनेछ । सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ ।
नेपालका खेल
नेदरल्यान्डसविरूद्ध – जुन ४– अमेरिका, डालास
श्रीलंकाविरूद्ध – जुन ११ – अमेरिका, फ्लोरिडा
दक्षिण अफ्रिकाविरूद्ध – जुन १४ – सेन्ट भिसेन्ट
बंगलादेशविरूद्ध – जुन १६– सेन्ट भिसेन्ट

अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी–२० विश्वकपमा २० टिमले सहभागिता जाउँदै छन् । विश्वकपमा ५५ खेल हुनेछन् । सुरुमा २० टिमलाई ५–५ टिमको ४ समूहमा विभाजन गरिएको हो । ४ समूहका शीर्ष २–२ टिम गरी कुल ८ टिम सुपर–८ मा पुग्ने छन् । सुपर–८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर–२ को दुई समूहका शीर्ष २–२ टिम सेमिफाइनलमा पुग्ने छन् ।

समूह ए – भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड
समूह बी – इङल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान
समूह सी – न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी
समूह डी – दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल

 
 
  
 

You may also like