देशका यी स्थानमा छ वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

काठमाडौं । आज (शनिबार) कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा बाँकी तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

शनिबार राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज तराईका केहि स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

 
 
  
 

You may also like