नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीच आज दोस्रो खेल हुँदै

काठमाडौँ । नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज (शुक्रबार) हुँदैछ । त्रिवि मैदानमा हुने यो खेल बिहान ९ः ३० बजेदेखि सुरु हुनेछ ।

नेपाल ‘ए’ विरुद्धको एकदिवसीय सिरिजमा विजयी सुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो । यो जितपछि आयरल्याण्ड वोल्भ्स सिरिजमा १–० ले अगाडि रहेको छ । त्यस्तै अब सिरिजको अन्तिम खेल आइतबार हुने तालिका रहेको छ ।

एक दिवसीय सिरिज खेल्ने नेपाल ‘ए’ टिम :

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल रहेका छन् ।

 
 
  
 

You may also like