नेपालले आज भारतमा बरोडासँग खेल्दै

काठमाडौँ । भारतमा जारी मैत्रीपूर्ण कप अन्तर्गत नेपालले आज (शुक्रबार) बरोडा क्रिकेट एशोसियसनको टिमसँग खेल्दैछ । फ्रेन्डसिप कपको लिग चरणको अन्तिम खेलमा आज नेपाली समय अनुसार २ः ४५ बजेदेखि यो खेल सुरु हुँदैछ ।

यस मैत्रीपूर्ण कपमा नेपालले यसअघि सुरुका तीनै खेल जितेर फाइनलमा पुगिसकेको छ भने गुजरात क्रिकेट एशोसियसनको टिमले बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा पुगेको छ । बरोडाले आफ्ना यसअघिका तीनै खेलमा हार व्यहोरेर बाहिरिएको छ । त्यसैले यस खेलको नतिजाले कुनै फरक नपार्ने भएको छ । नेपाल र गुजरात क्रिकेट एशोसियसनको टिमबीचको फाइनल खेल आइतबार हुँदैछ ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी, अभिनाश बोहरा र आकाश चन्द ।

बरोडाको टोली : विष्णु सोलांकी (कप्तान), ज्योत्सनिल सिंह, शस्वात रावत, प्रियांशु मोलिया, भानु पनिया, हेमन्त पौण्डे, सोयबी सोपारिया, अभिमन्युसिंह राजपुत, ध्रुव पटेल, जय अभाले, अमित पासी, मोहित मोंगिया, पिरिक्षित पाटीदार, लक्षित तोक्सिया र बाबासाफिखान पठान ।

 
 
  
 

You may also like