बुटवलमा नेवा: पुचले मनायो होली

बुटवल । नेवाः पुचः (नेवाः समाज विकास परिषद्) केन्द्रिय कार्यलयले बुटवलमा आइतबार होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षतामा आयोजना कार्यक्रममा समाजका पदाधिकारी, सदस्य, नेवारी समुदायका अन्य संघसंस्था तथा पत्रकारको सहभागीतामा रंग लगाएर होली मनाएका थिए ।

कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेवारी समाजले विगतदेखि नै सद्भाव र रंगहरुको पर्वलाई एकआपसमा खुसी साटेर मनाउँदै आएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष चित्र तुलाचनले सामाजिक सद्भावसहित रंग दलेर आत्मियताका साथ होली खेल्नुपर्ने बताए ।

कार्यक्रममा तिलोत्तमा नेवाः मैजु, भीमसेन नेवाः समाज, नेवाः पुचःअन्तर्गतका विभिन्न शाखा, गणेश नेवा समाज तथा विभिन्न नेवाः समाजका प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष चिरन्जिवी श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन संस्थाको सचिव लक्ष्मी श्रेष्ठले गरेकी थिइन् ।

 
 
  
 

You may also like