ग्लोबल मनि वीकमा शाइन रेसुंगाका विविध कार्यक्रम

बुटवल।ग्लोबल मनि वीक २०२४ को अवसरमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले वित्तीय साक्षरता लगायत विभिन्न कार्यक्रम आयोजना गरेको छ । बैंकले ग्लोबल मनि वीकको यस वर्षको नारा ‘प्रोटेक्ट योर मनि, सेक्योर योर फ्युचर’ को थिममा आधारित रहेर बुटवलको नवीन औद्योगिक माविमा सार्वजनिक वक्तृत्वकला प्रतियोगिता गरेको छ । विद्यालयका कानुन, व्यवस्थापन, विज्ञान र सिभिल इन्जिनियरिङ संकायका २१ जना विद्यार्थीले भाग लिएको प्रतियोगितामा अमिसन थापा प्रथम,प्रकृति पाण्डे दोस्रो र अनामिका पाण्डे तेस्रो भए ।

उनीहरुलाई बैंकका चिफ एचआर अफिसर तथा ब्राण्डिङ हेड प्रभास राई तथा विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेतले नगद पुरस्कार प्रमाणपत्र र ट्रफी प्रदान गरे । विद्यार्थीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार पाए । मार्च १८ मा शुरु भई मार्च २४ सम्म चल्ने ग्लोबल मनि वीक अवधिमा बैंकले नेपाल राष्ट्र बैंकले आयोजना गर्ने वित्तीय साक्षरता लगायत कार्यक्रममा सक्रिय सहभागिता जनाउनुका साथै शाइन रेसुंगाका नयां बानेश्वर, भैरहवा, फर्साटिकर, नवलपुरको कावासोती, पश्चिम नवलपरासीको भुमही, गुल्मीको बलेटक्सार, प्युठानको बाग्दुला र बर्दियाको बासगढीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको चिफ एचआर अफिसर राईले जानकारी दिए ।

गतवर्ष बैंकले २५ भन्दा बढी स्कुल र कलेजहरुमा वित्तिय साक्षरता कार्यक्रमहरु गरी करिब दुई हजार जना विद्यार्थी र युवालाई सहभागी गराएको र डिजिटल प्लेटफर्ममार्फत करिब ५ लाख युवाहरुसंग जोडिएको राईले बताए । यस वर्ष पनि लक्षित वर्गहरुलाई सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले वित्तिय साक्षरताको कक्षा सञ्चालन गर्ने र बैंकमा विभिन्न पेशा व्यवसायमा सफल व्यक्तिलाई भिजिट गराई बिभिन्न हेड अफ डिपार्टमेन्टसंग समन्वय गरी बैंक तथा वित्तिय संस्थामा के–कस्ता काम हुन्छन् भन्ने बारेमा जानकारी दिइने बैंककी वित्तीय साक्षरता फोकल पर्सन एवं चिफ रिसोर्स म्यानेजमेन्ट अफिसर नम्रता थापाले बताइन् ।

ग्लोबल मनि वीकको स्थायी नारा लर्न, सेभ एण्ड र अर्न हो । अन्तर्राष्ट्रिय संस्था अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्टले विश्वभरिका बालबालिका तथा युवाहरुलाई वित्तिय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सन् २०१२ बाट ग्लोबल मनि वीक अभियानको सुरुवात गरेको हो । यो वर्ष ग्लोबल मनि वीकको १२ औं संस्करण मार्च १८ देखि २४ सम्म चल्दै छ । यस अन्तर्राष्ट्रिय अभियानले १७६ राष्ट्रहरुमा ६० लाख भन्दा बढी विद्यार्थी र युवाहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ ।

नेपालमा केही वर्षदेखि नेपाल राष्ट्र बैंकको संयोजनमा वित्तिय प्रणालीसंग सम्बन्धित संस्थाहरु, गैरसरकारी संस्थाहरु र सम्बन्धित निकायहरुको सहभागितामा ग्लोबल मनि वीक मनाउने गरिन्छ । यसको लक्षित वर्ग भनेको विद्यार्थी तथा युवाहरु हुन् । विशेषगरी विद्यार्थी तथा युवालाई वित्तिय जागरण गराउने, पैसाको महत्वको बारेमा बुझाउने, पैसाको सदुपयोगिता, बैंक तथा वित्तिय संस्थामा कारोबार कसरी गर्ने, निक्षेप खाता कसरी खोल्ने, कर्जा कसरी लिने लगायत विद्युतीय भुक्तानी प्रणालीमा कसरी आवद्ध हुने, डिजिटल प्रडक्टका उपकरण कसरी प्रयोग गर्ने, त्यसको सदुपयोग कसरी गर्ने लगायतका विषयमा आफुपनि जान्ने,अरुलाई पनि सिकाउने, अनुभव आदान प्रदान गर्ने कुरामा युवाहरुलाई अगाडि सार्ने एउटा अभियान भएको शाइन रेसुंगा अहिले वित्तिय क्षेत्रमा देखिने जोखिमहरु डिजिटल फ्रड,फिसिङ,मनि मोल,अनलाइन फ्रड,डाटा मिसिङ रिस्क,आइडेन्टिटी थेफ्ट रहेका छन् र विशेषगरी युवा जो सिमित वित्तिय साक्षरता र अनुभवका कारण यस्ता वित्तिय ठगीका शिकार हुने सम्भावना रहेकाले वित्तीय साक्षरता अति नै जरुरी रहेको थापाले बताइन् ।

 
 
  
 

You may also like