सिद्धबाबा नजिकै एक पुरुष मृत फेला, प्रहरीले गर्यो हुलियो सार्वजनिक

बुटवल । तिनाउ गाउँपालिका-३ तल्लो सिद्धबाबा (बुटवल सिद्धबाबा) नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पाल्पा रुपन्देही सीमानामा रहेको गेटको छेउमा मँगलबार मृत फेला परेका पेरुषको पहिचान नखुलेपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले हुलीया सार्वजनिक गरेको छ।

पहाडी मूलको जस्तो देखिने अन्दाजी ५०/५५ वर्ष को जस्तो देखिने पुरुष मृत अवस्थामा फेला परेको र हाल सम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको । हालसम्म नामथर, वतन नखुलेका उनको उचाई अन्दाजी ५ फिट, सेतोमा निलो धर्का भएको ‘SILVER JUBLEE 572’ लेखेको हाप टि-सर्ट, कालो रङको सेण्डो भेष्टप लगाएका छन् ।

 
 
  
 

You may also like