एक्सपर्ट एडु कन्केभमा चार देशभा २५ विश्वविद्यालयको प्रतिनिधिबाट परामश३ सय बढी विद्यार्थी लाभान्वित

बुटवल ।बैदेशिक अध्ययनमा जान चाहने युवाहरुलाई लक्षित गरि बुटवलमा एक दिने एक्सपर्ट एडु कन्केभ सम्पन्न भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको आयोजनामा बुधबार कार्यालयमा भएको एक्सपर्ट एजुकेशन कन्केभमा ३ सय बढी विद्यार्थीहरुले लाभ लिएका छन । अष्टे«लिया, क्यानडा, अमेरीका, बेलायत लगायतका बिश्वबिद्यालयसंग पछिल्लोसमय न्युजिल्याड विद्यार्थीहरुको रोजाई भएको सर्भिसेज बुटवलका प्रबन्ध निर्देशक रोशन कंडेलको भनाई छ ।

चार देशबाट २५ विश्वविद्यालयको परामर्शदाताहरु बुटवलमा आएको जनाउदै सो एक्सपर्ट एडु कन्केभबाट ३ सय बढिले विद्यार्थीहरुले परामर्श दिएको जनाइएको छ । कडेलले अध्ययनमा जान चाहने देश, अवस्थाबारे बिद्यार्थीहरुलाई शैक्षिक, आर्थिक लगायतका परामर्शमा संस्थाबाट सहयोग गर्दै आएको उहाको भनाई छ ।

यसपटक आयरल्याण्डका कलेज तथा विश्वविद्यालयबाट प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा परामर्श लिन सकिने ब्यवस्था गरिएको संस्थाले जनाएको छ । कन्केभमा सहभागी हुनेले विभिन्न उपहारहरु समेत पाउने गरि कार्यक्रमहरु गरिएको छ । यसअघि क्यानडा र अमेरिकाका विश्वविद्यालय तथा कलेजका प्रतिनिधि ल्याएर एक्सपर्ट फेयर सम्पन्न गरि सकेको छ । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो ।

एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीई कक्षाहरु समेत संचालन गर्दै आइरहेको जनाएको छ ।

 
 
  
 

You may also like