एक लाख पुग्यो नेपाली क्रिकेट खेलाडीको तलब : कसले कति पाउँछन् ?

by समतल अनलाइन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट खेलाडीहरूको ग्रेड छुट्याएको छ । क्यानले पुरुषतर्फ ३० जना र महिलातर्फ १९ जना खेलाडीको ग्रेड छुट्याएको हो । ए, बी, सी, डी र इमर्जिङ बर्गीकरण गरी पाँच वर्गमा छुट्याइएको खेलाडीहरूको तलब पनि एक लाख पुर्‍याइएको छ ।

एमा पर्ने पुरुष खेलाडीको मासिक मूल्य एक लाख हुने क्यानका सचिव पारस खड्काले जानकारी दिए । त्यस्तै बीका खेलाडीलाई ७० हजार, सीका खेलाडीलाई ५५ हजार, डीका खेलाडीलाई ३५ हजार र इमर्जिङ क्याटोगरलाई २५ हजार मासिक तलब तोकिएको छ । पुरुषतर्फ एमा कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल छन् भने बीमा कुशल मल्ल, गुलशन झा, भिम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनाश बोहरा छन् ।

त्यस्तै सीमा बिनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिस जीसी छन् भने डीमा पवन सर्राफ, सागर ढकाल, अनिल साह, बिबेक कुमार यादव, आकाश चन्द, बसिर अहमद र सुर्य तामाङ छन् । त्यस्तै इमर्जिङ क्याटोगरमा दिपेश कंडेल (कोशी), रुपेस सिंह ( मधेस), रिजन ढकाल (बागमती), बिपिन खत्री (गण्डकी), देब खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी ( सुदुर पश्चिम) रहेका छन् ।

 
 
  
 

You may also like