बुटवल। बुटवलमा तिलोत्तमा नेवा:मैजुले नेवा भोजको आयोजना गरेको छ। नेवार समुदायको संस्कार संस्कृति जगेर्ना गर्ने उदेश्यका साथ नेवा भोज गरिएको हो।
बुटवलमा रहेका तिलोत्तमा नेवा मैजुको आयोजनामा सोमबार गोलपार्कस्थित दुर्गा मन्दिर परिसरमा नेवा भोज कार्यक्रम गरिएको हो । मैजुका अध्यक्ष मिलन श्रेष्ठले नेवारी संस्कार संस्कृति जगेर्ना गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको बताईन । नया पुस्तामा नेवारी खानपिन, भाषा, संस्कृतिको बारेमा चिनारी गर्न कार्यक्रम प्रभावकारी हुने उनले बताईन ।
‘यो पटक पाचौ पटक कार्यक्रम गरेका छौ ।’—उनले भने । करिब १९ परिकारहरु समेटेर नेवारी खाना पस्कन लागेको उनले बताईन । नेवारहरु बिच जाडो सकिएसंगै यस्ता परिकार खाना स्वस्थ्यका हिसाबले पनि निक्कै फलदायी हुने उनले बताईन । प्रत्येक वर्षको निरन्तर कार्यक्रम गर्दै आएको उनले बताईन ।
कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले समुद्घाटन गर्दै नेपाल सबै जातजातीको फुलबारी भएको बताईन । नेवार जातीहरु संस्कार, संस्कृतिमा धनि र नेपालकै गौरवका रुपमा भएको बताईन । नया पुस्तालाई नेवारी भाषा, संस्कार, संस्कृति चिनाउन यहाका संघसंस्थाहरुको पहल महत्वपूर्ण रहेको उनले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाअध्यक्ष विष्णु ढकालले आफनो वडामा नेवारहरुको धेरै बसोबासी रहेको बताए ।
कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार आनन्द भगत श्रेष्ठले नेवार महिलाहरु संस्थागत भई आफ्नो भाषा, संस्कार, संस्कृति संरक्षणका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उनले बताए । सामाजिक कार्यमा समेत विविध कार्यक्रम गर्दै आएको उनले बताए ।
मैजुका महासचिव सुनिता श्रेष्ठले करीब ५ सय जनाले भोजमा सहभागी भएको बताईन । महिलाहरु संगठित भई खोलिएको संस्थामा १ सय ३६ जना सदस्यहरु छन ।