दाङमा पुरुष प्रहरीको गोलि प्रहारबाट महिला प्रहरीको मृत्यु

by समतल अनलाइन

दाङ । दाङमा नेपाल प्रहरीका प्रहरी जवान श्रीमानले महिला प्रहरी श्रीमतीमाथि गोलि प्रहार गरि हत्या गरेका छन् ।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत महिला प्रहरी धनमाया थापाको आफ्नै श्रीमानले चलाएको गोलि लागेर मृत्यु भएको छ ।

घोराहीको दामोदर चोकमा आज साँझ कर्णाली प्रदेश तालिम केन्द्र नेपालगन्जमा कार्यरत प्रहरी जवान यम झाँक्रीले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली प्रहारबाट गम्भीर घाइते भएकी महिला प्रहरी थापाको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी कुबेरसिंह कठायतले बताए ।

गोली प्रहार गरेको अभियोगमा दाङको लमहीबाट प्रहरी जवान झँक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 
 
  
 

You may also like