दुर्घटना न्यूनीकरणका लागि होराइजनचोक योगिकुटी अन्तर्गतका हाइटेन्सन लाइनमा रिफ्लेक्ट लाइट जडान

by समतल अनलाइन

बुटवल । दुर्घटना न्यूनीकरणका लागि होराइजन चोक देखि योगिकुटीको बिचमा पर्ने ४ वटा हाइटेन्सन लाइनमा ब्लिन्कर व्यारिक्याड लाईट र रिफ्लेक्ट लाइट जडान गरिएको छ ।

एक कार्यक्रमको आयोजना गर्दै नेपाल तरुण दल रुपन्देहीका कार्यवाहक सभापति प्रसन्न कोइरालाको नेतृत्वमा उक्त लाइट जडान गरिएको हो ।

होराइजन चोक देखि योगिकुटी सम्म पर्ने हाइटेनसनलाइनमा पछिल्लो समय अत्यधिक दुर्घटना हुँदै आएको थियो । पछिल्लो ४० दिनको अन्तरालमा ४ जनाको मृत्यु भएको थियो भने ७ जना गम्भीर घाइते भएका थिए ।

लाइट जडान कार्यक्रममा नेविसंघ जिल्ला सभापती सन्दिप पाण्डे , नेविसंघ केन्द्रिय सदस्य बलाराम पौडेल , तरुण दल क्षेत्रीय सभापती हसन्त लामा , तरुण दल नगर सभापती सुजन पुन युवा नेताहरु बिमल गुरुङ , बिमल पौडेल एवम स्थानिय सर्वसाधारणको उपस्थिति रहेको थियो ।

 
 
  
 

You may also like