हरैया माविको ५७ औं बार्षिक उत्सव

by समतल अनलाइन

कञ्चन। रुपन्देहीको कञ्चन ३ मा रहेको हरैया माध्यमिक बिद्यालयको ५७ औं बार्षिक उत्सव तथा अभिभावक दिवस बिविध कार्यक्रम सहित सम्पन्न भएको छ। कार्यक्रममा प्रतिनीधि सभा सदस्य बासेदेव घिमिरेले बिद्यालय भनेको असल र सभ्य नागरिक उत्पादन गर्ने भट्टी भएको बताउनु भएको छ।

कार्यक्रममा आफ्नो समसामयिक धारणा राख्दै सांसद घिमिरेले बिद्यालय यस्तो भट्टी जहाँ देशका लागि आवस्यक पर्ने असल र सभ्य नागरिक उत्पादन गर्ने सम्बेदनशिल भट्टी भएको दावी गर्नु भएको छ। अन्य बिभिन्न सामग्रीत तथा बस्तु उत्पादन गर्ने भट्टी र उक्त भट्टीमा काम गर्ने जनशक्तीले गल्ती गरे त्यो बस्तुमात्र खराब हुन्छ त्यसले त्यति ठूलो प्रभाव पार्दैन तर बिद्यालयका शिक्षक शिक्षिकाको थोरै पनि गल्ती र आलस्यताले एउटा पुस्ता नै खराव बन्ने र उनिहरुको भविष्य नै अन्धकार हुने बताउनु भयो। सांसद घिमिरेले कुनै पनि बिद्यालयले भर्नाको समयमा बिधार्थी तानातान गर्ने नभई आफुसंग भएका बिधार्थीहरुलाई असल र सभ्यताको शिक्षा दिन सकेमात्र त्यो बिद्यालयको आकर्षण र गणनाको आधार बन्ने बताउनु भयो। यस्तो भएन उस्तो भएन भनेर गुनासो गर्नु भन्दा उपलब्ध श्रोत साधनको अधिक्ततम उपयोग गर्ने योजना, क्षमता र परिचालनलाई बिशेष ध्यान दिन आवस्यक रहेको उल्लेख गर्दै सांसद घिमिरेले हिजो पहुँचको आधारमा योजना र बजेट वितरण गरिने संस्कारको अन्त्य भएको बताउनु भयो।

यस्तै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले आफ्नो पदिय जिम्मेवारी अनुसार काम गर्न सके हरेक क्षेत्रको समुचित बिकास हुने बताउनु भयो। शिक्षकले बिद्यालय ब्यबस्थापन समिति, प्रशासन र राज्यले दिएको जिम्मेवारीलाई इमान्दारपुर्वक शिक्षण गर्ने, प्रशासकले शिद्यालयको शिक्षण कृयाकलापलाई कसरी प्रभावकारी बनाउने, बिद्यालयको शैक्षिक स्तर कसरी बृद्धि गर्ने र सबैको आकर्षणको केन्द्र कसरी बनाउने भन्नेबारे योजना निर्माण गरी बिद्यालयको प्रशासन र शैक्षिक गतिबिधि संचालन गर्नु पर्नेमा अध्यक्ष ढकालले जोड दिनु भयो। प्रधानाध्यापकले बिद्यालयको भौतिक ब्यबस्थापन र शैािक्षक सुधारको फाइल बोकेर धाउने हिजोको संस्कारलाई नत्यागेसम्म कञ्चनको शैक्षिक अवस्थामा कुनै परिवर्तन नहुने भन्दै अव बिद्यालय ब्यबस्थापन समितिले बिद्यालयको भौतिक ब्यबस्थापन र प्रशासकले शैक्षिक सुधारको योजना बनाएर आ-आफ्नो जिम्मेवारी बहन गर्नुको कुनै बिकल्प नभएको अध्यक्ष ढकालले बताउनु भयो।

फरक प्रसंगमा आफ्नो बिचार राख्दै अध्यक्ष ढकालले ४० औं बर्ष देखि आमोत कमोत गर्दै आएका कञ्चनका भुमिहिन दलित, भुमिहिन सुकुमवासी र अब्यबस्थित बसोबासीहरुलाई जग्गा धनीपुर्जा दिने कार्यको अन्तिम तयारी भइरहेको र यस अघि बिभिन्न कारणले लगत संकलनमा छुटेका कञ्चनवासीहरुको लगत संकलन समेत गर्न लागेको बताउनु भयो। कञ्चन ५ को २ हजार कित्ताको सम्पुर्ण कार्य पुरा भई लालपुर्जा वितरण गर्ने कार्यका लागि अबको केही समयमै राजश्व बुझाउने सुचना प्रकाशित गर्ने अन्तिम तयारी भइरहेको अध्यक्ष ढकालले बताउनु भयो।
कार्यक्रममा दिपक पौडेल, यम बहादुर क्षेत्री, निवर्तमान वडा अध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजक कृष्ण प्रसाद अधिकारी, गोकर्ण बहादुर क्षेत्री, लेखनाथ पौडेल, चुडामणी शर्मा, देबीराम रेग्मी, वडा अध्यक्ष टीकाराम सापकोटा लगायतले अवको शैक्षिक स्तर परमपरागत ढंगबाट गरिने शिक्षण कृयाकलाप सुुधार नहुने र समयानुकल परिर्वतन गरी बिधार्थीरुलाई देशको आवस्यकता पुरा गर्ने असल र सभ्य अनि देशभक्त नागरिक तयार गर्न नसके बिद्यालयहरुको स्थान ६ महिने भाषा कक्षले लिने धारणा ब्यक्त गरेका थिए।

बिद्यालयका प्रधानाध्यापक मेघनाथ शर्माले बिद्यालयको शैक्षिक बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा आन्तरिक श्रोत र अक्षयकोषबाट बिद्यालयका जेहेन्दार, गरिव, विपन्न गरी ५६ जना बिधार्थीहरुलाई छात्रबृत्ति समेत वितरण गरिएको थियो। यसैगरी बिद्यालयको शैक्षिक तथा भौतिक बिकासमा सहयोग पुर्याउने शिक्षक तथा सहयाृगदाताहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा बिधार्थी तथा शिक्षक शिक्षिकाहरुद्वारा बिभिन्न नृत्य तथा गित प्रस्तुत भएको थियो।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षता, सहायक प्रधानाध्यापक प्रकाश आचार्यको स्वगत तथा शिक्षक कलाधर ढकालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

 
 
  
 

You may also like