जुनियर लन टेनिस शुरु

by समतल अनलाइन

बुटवल । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा जुनियर लन टेनिस प्रतियोगिता शुरु भएको छ ।

स्व. रो मिन प्रसाद न्यौपाने, राजकुमार श्रेष्ठ र रोट्याक्टर निशा चापागाईको स्मृतिमा तेस्रो जिल्ला स्तरीय खुल्ला जुनियर लन टेनिस प्रतियोगिता २०७६ शुक्रबारदेखि बुटवलमा शुरु भएको हो ।

प्रतियोगिताको एक समारोहका बिच बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीले खेल एम्पायर विकास खड्कालाई बल हस्तान्तरण गरि उद्घाटन गरेका छन । प्रतियोगितामा छात्रतर्फ आठ वर्ष, नौ वर्ष, दश, १२ र १४ वर्ष उमेर समुह तथा छात्रातर्फ १८ वर्ष मुनिको एकमात्र विद्यामा खेल हुने खेल संयोजक तथा रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका पुर्वअध्यक्ष बालकृष्ण अर्यालले बताए ।

प्रतियोगिता विजेता, उपविजेता खेलाडीहरुलाई कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । क्लबका अध्यक्ष कृष्ण प्रसाद शर्माले बालबालिकाहरुमा खेल भावना विकास भैरहेको भन्दै वार्षिक रुपमा आयोजना हुने लन टेनिस प्रतियोगितालाई नियमित गर्ने बताए ।

देविनगरस्थित लन टेनिस कोर्टमा शुक्रबार भएको उद्घाटन खेलमा आठ वर्ष उमेर समुह अन्तरगत विप्लब रजालीले विजयी भएका छन । उनले शेहनवाज हुसैनलाई २–० को सोझो सेटमा पराजित गर्दै रजाली विजयी भएका हुन ।

 
 
  
 

You may also like