सुनगाभामा अन्तर सदनात्मक फुटबल प्रतियोगिता सम्पन्न,गोल्डेन हाउस बिजयी

by समतल अनलाइन

शिब अधिकारी 
सैनामैना । रुपन्देहीको सैनामैनामा अवस्थित सुनगाभा पब्लिक माध्यमिक विद्यालयमा आज शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तरगत फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

पर्रोहा माध्यमिक विद्यालयको खेल मैदानमा दुई समुहमा खेलाईएको प्रतियोगिताको पहिलो खेलमा गोल्डेन हाउसले ब्लु हाउसलाई र दोस्रो खेलमा रेड हाउसले ग्रिन हाउसलाई हराउँदै फाईनलको यात्रा तय गरेका थिए ।

आजै भएको प्रतियोगिताको फाईनल खेलमा रेड हाउसलाई तीन का विरुद्ध एक गोल अन्तरले पाखा लगाउँदै गोल्डेन हाउसले अन्तर सदनात्मक फुटबल प्रतियोगिताको उपाधि चुमेको हो ।

रेड हाउसका अनिश वि.कले एक का विरुद्ध शुन्यको सुरुवाती अग्रता टोलीलाई दिएपनि जवाफमा गोल्डेन हाउसका ज्ञानदिप थापाले दुई तथा रोहन खत्रीले एक गोल गर्दै गोल्डेनलाई जित दिलाएका हुन् भने खेलमा सर्वाधिक दुई गोल हान्दै गोल्डेन हाउसका ज्ञानदिप थापा म्यान अफ दि म्याच भएको सुनगाभा पब्लिक मा.वि का शिक्षक लक्ष्मण खनालले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like