स्क्रावल काठमाडौँ मा पुन: बुद्ध गौतम

by समतल अनलाइन

काठमाडौं । स्क्रावल काठमाण्डौ को जिम्मेवारी पुन:बुद्ध गौतम लाई दिइएको छ। स्क्रावल क्लबको केन्द्रीय समितिको निर्णय अनुसार गौतमलाई काठमाण्डौ को अध्यक्ष बनाइएको केन्द्रीय अध्यक्ष केशव प्रसाद पराजुली बताए। गत माघ ४,५,६ गते काठमाडौँ मा आयोजित चौंथो अन्तराष्ट्रिय स्क्राबल च्याम्पियनसिप गौतमको नेतृत्वमा सफल भएको थियो। गौतमले केन्द्रीय समितिमा स्यमसेबक परिचालन संयोजक को जिम्मेवारी पाएका छन्। गौतम केन्द्रीय समितिमा गएपछि काठमाण्डौ क्लबको नेतृत्व कसले गर्ने भन्ने थियो तर केन्द्रीय समितिको निर्णअनुसार गौतमलाई नै काठमाण्डौ को जिम्मेवारी दिइयो अध्यक्ष पराजुलीले बताए।

स्क्रावल काठमाडौँलाई केन्द्रीय समितिको संरचनाअनुसार नै विस्तार गरेर यसलाई प्रभावकारी रूपले आफूले विस्तार गर्ने गौतमले बताए। अन्य पदाधिकारी को टुंगो भने पछि हुने काठमाण्डु क्लबको बैठकबाट टुंगो लाग्ने समेत गौतमले स्पष्ट पारेका छ। उपाध्यक्ष, कोषाध्क्ष,सचिव लगायतको टुंगो आगामी बैठक बाट लाग्ने छ। नेपालमा आयोजना गरिएको चौंथो अन्तराष्ट्रिय स्क्राबल बाट स्क्राब्ल के हो भन्ने चासो सबैमा बढेकोले यसलाई सबै सामु लैजान आवश्य रहेको केन्द्रीय सचिव शर्मिला पाैडेल बताउँछिन् ।

काठमाडौका विद्यालय लाई स्क्राबल क्लब को सदस्य बनाई सबै स्कुल मा यसको पहुँच पुर्याउने काठमाण्डु का अध्यक्ष गौतमले बताउँछन्। अब सदस्यता लिएका विद्यालयमा मात्र स्क्रबल खेल सिकाउने छौं उनले थपे। सदस्यता लिएपछि मात्र विद्यालयले चासो दिने गर्ने गरेको उनले थपे। गौतमले यस अघि पनि काठमाडौ क्लब का सफल संयोजक भनेर चिनिन्छन्। स्क्रेबल क्लबले विभिन्न जिल्लामा आफ्ना संयोजक तोकेको छ। देशका करिब ४० जिल्लामा स्क्राबल खेल पुगेको केन्द्रीय उपाध्यक्ष ध्रुव थापाले जानकारी दिए।

खेलकुद विकास समितिमा विधिवत् दर्ता भई कार्यसम्पादन गर्दै आएको स्क्र्यावल क्लवका सल्लाहकारहरुमा क्रमश: श्री हिम बहादुर पौडेल क्षेत्री, श्री हिरालाल अर्याल, श्री ओमप्रकाश गुरुङ र श्री प्रमोद कुमार साह, श्री मोहन कुमार कार्की रहनुभएको छ भने कार्यसमितिका पदाधिकारीहरुमा अध्यक्ष श्री केशवप्रसाद पराजुली,
उपाध्यक्ष श्री ध्रुव थापा
महासचिव श्री रामचन्द्र कार्की
सचिव श्री शर्मिला पौडेल
कोषाध्यक्ष श्री पूर्णबहादुर राना मगर सहकोषाध्यक्ष श्री नविन पन्त व्यवस्थापन संयोजक श्री अमर कुँवर, जनसम्पर्क संयोजक श्री भावना थापा, तालिम संयोजक श्री भोजराज सुवेदी, प्रविधि संयोजक श्री अर्जुन पाण्डे तथा स्वयमसेवक परिचालन संयोजक श्री बुद्ध गौतम हुनुहुन्छ ।।

 
 
  
 

You may also like