बागमतीका चारै सिटमा गठबन्धनका उम्मेदवार विजयी

by समतल अनलाइन

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशका चार सिटमा सत्तारुढ गठबन्धनका उम्मेवार विजयी भएका छन् ।
हेटौंडा–४ स्थित भुटनदेवी उमाविमा भएको मतदानबाट नेपाली कांग्रेसले महिलातर्फ बिष्णुदेवी पुडासैनी र अन्यमा जीतजंग बस्नेत, नेकपा माओवादी केन्द्रले अपांङ्गतर्फ श्रीकृष्णप्रसाद अधिकारी र समाजवादीबाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन् ।

महिलातर्फ विजयी पुडासैनीले ६,६२२ मत र अन्यमा बस्नेतले ६,५३१ मत, अपांङ्गतर्फ अधिकारीले ६,३८३ मत र दलित रिजालले ६,५१२ मत पाएका छन् । एमालेबाट महिलातर्फ उम्मेदवार रोचकुमारी चौलागाईंले २,५५२ मत, दलिततर्फ ध्रुवराज विकले ३,०५२ मत, अपाङ्गतर्फ त्रिलोचन निर्मल पौडेलले २,७३४ मत अन्यतर्फ विवेक देवकोटाले २,३५९मत प्राप्त गरे । निर्वाचनमा ६ दलका १५ जनाले प्रतिष्पर्धा गरेका थिए ।

 
 
  
 

You may also like