बुटवलमा आजदेखी लुम्बिनी एक्स्पो सुरु

by समतल अनलाइन

बुटवल। बुटवलमा आजदेखि प्रदर्शनी मेला (लुम्बिनी एक्स्पो) लाग्ने भएको छ । रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका पुसको १८ गतेसम्म लुम्बिनी एक्स्पो २०८० संचालन हुने छ ।

एक्स्पोको बिहीबार आज दिउँसो पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पुसको १८ गतेसम्म चल्ने एक्स्पोमा ६ सय स्टल रहेका छन् । जसमा होटल तथा रेष्टुरेन्टका –२३, उनी, गार्मेन्ट तथा तयारी पोशाकका–१४१, अन्तर्राष्ट्रिय–१०, कृषि–४३, ब्याग÷जुत्ताचप्पल–६८, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी–७८, श्रृंगार, उपहार तथा खेलौना–५२, फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिक सामान–५३, बैंक÷वित्तीय संस्था एवं शैक्षिक संस्था–१८, अटोमोवाइल्स, लुब्रिकेशन, टायर तथा पार्टस–६, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स–१६, आइसक्रिम तथा वेकरीज–१८, पुस्तक, किप, स्टेशनरी तथा स्पोर्टस–८, औषधिजन्य पदार्थ तथा कृषि उत्पादनका ६६ स्टल रहेको मेला मूल आयोजक समितिका संयोजक, रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

मेलामा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिईएको समेत अध्यक्ष तथा मेला संयोजक घिमिरेले बताउनुभयो । मेलामा गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित प्रदेश भित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा एतिहासिक महत्व बोकेका सम्पदाहरु एवं स्थलहरुको प्रवद्र्धनात्मक प्रचारप्रसार गरिने आयोजकले बताएका छन् । कोरोनापछि बुटवलको व्यापार व्यवसायमा केही शिथिलता छाएका बेला यो मेलाले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि महत्वपूर्ण भुमिका खेल्ने आयोजकको दाबी छ ।

त्यस्तै मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने छ । त्यसैगरी डान्स आइडियल, लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, विद्यालय स्तरीय वादविवाद प्रतियोगिता, र्याप गीत प्रतियोगिता र भजन प्रतियोगिता गराईने आयोजकले बताए ।

 
 
  
 

You may also like