क्लिक इन्टरनेशनल मिडिया कप फुटसलको उपाधि राज्य टेलिभिजनलाई

by समतल अनलाइन

बुटवल । क्लिक इन्टरनेशनल मिडिया कप फुटसल–२०८० को उपाधि राज्य टेलिभिजनले प्राप्त गरेको छ । बुद्ध सञ्चार गु्रपद्वारा सञ्चालित लुम्बिनी अपडेट्सले आयोजना गरेको पहिलो क्लिक इन्टरनेशनल मिडिया कप फुटसल प्रतियोगिताको फाईनल खेलमा गर्जन पोष्टलाई ५–० गोल अन्तरले पराजित गर्दै उपाधि राज्यले चुमेको हो ।

खेलकुदमार्फत पत्रकारहरुबिच आपसी भातृत्व विकास गर्ने उदेश्यका साथ बुटवलमा मिडिया कप फुटसल सम्पन्न भएको छ । उपाधिसंगै राज्यले नगद ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता गर्जन पोष्ट भने नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा राज्यका विकास गौतम उत्कृष्ट गोलकिपर, गर्जनका शिव डुम्रे उत्कृष्ट खेलाडी र राज्यका पाल बहादुर सोमै सर्वाधिक गोलकर्ता घोषित भए ।

प्रतियोगिताको समुद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले मानिस स्वस्थ्य नभई प्रतिफल राम्रो नआउने बताउनुभयो । पत्रकारिता देशको दिशानिर्देश गर्ने हुदा पनि पत्रकार स्वस्थ्य हुन जरुरी रहेको उहाले बताउनुभयो । पत्रकारहरुलाई खेलकुदमार्फत स्वस्थ्य सचेतना जगाउने गरि कार्यक्रम गरिएको बताउनुभयो ।
शिक्षा, स्वस्थ्य सेवालाई ब्यवस्थित गर्ने गरि नया अभियानहरु चलाएको उहाँले दाबि गर्नुभयोे । नगरका ८० प्रतिशत भित्री सडकहरु स्तरिय रहेको बताउनुभयो ।

सडक बनाउने, सौन्दर्यकरणसंगै ब्यवसायमैत्री बनाउने गरि सडक रिडिजाईन गर्न थालिएको उहाँले बताउनुभयो ।
सामरिक, धार्मिक, आर्थिक केन्द्रको रुपमा नगरलाई विकास गर्ने रुपमा काम अघि बढेको उहाले दाबी गर्नुभयोे ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेले विश्व परिवेशमा नै आर्थिक समस्याको चपेटामा परेको भन्दै मिडिया बचाउन सबै लाग्नुपर्ने बताउनुभयोे ।

मानवअधिकार तथा शान्ति समाजका सल्लाहकार गोबिन्द खनालले संचार क्षेत्र जोगाउन लाग्नुपर्ने बताउनुभयोे । पत्रकारिता कमजोर भए सबै क्षेत्र कमजोर हुने उहाले बताउनुभयोे ।

एक समारोहका बिच नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, उपाध्यक्ष विश्वास ढकाल, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी, मानवअधिकार तथा शान्ति समाजका सल्लाहकार गोबिन्द खनाल, अनलाईनका अध्यक्ष गोबिन्द बस्नेत, खेल संयोजक खेम पाठकले पुरस्कार बितरण गर्नुभयो । यसैगरि बुधबार नै ईक्यान र खेलकुद पत्रकार मंच बिच मैत्रीपुर्ण खेलसमेत भएको छ । रोमान्चक खेलमा इक्यान २—१ गोलले विजयी भयो ।

 
 
  
 

You may also like