कृष्णभिरमा मृत्यु भेटिएका कलाकार ढकालको हत्या आरोपमा चार जना पक्राउ

by समतल अनलाइन

काठमाडौं । धादिङको बेनिघाट रोराङ–७ कृष्णभिरमा मृत भेटिएका कलाकार तथा पत्रकार प्रकाश ढकालको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

ढकालको हत्या आरोपमा जिल्ला प्रहरी कार्याल धादिङले ४ जनालाई पक्राउ गरेको हो । धादिङ प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सन्तोष परियार, निलबहादुर दर्जी, समीर विक र रविराज सुवेदी छन् । पक्राउ परेका ४ जनामध्ये एक जना बसका साहु, एक जना चालक र दुई सहचालक रहेको प्रहरीले जनाएको छ ।

स्याङ्जाबाट काठमाडौं आउने क्रममा बसमा विवादमा भएपछि कुटपिट गर्दै बसबाट ढकाललाई झारेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुले विवाद भएपछि रातिको समयमा बसबाट ढकाललाई झारेका थिए । चार दिनदेखि हराइरहेका ढकालको शव मंसिर ४ गते धादिङको कृष्णभिरमा भेटिएको थियो ।

उनी तिहारमा आफ्नो घर स्याङ्जाको चापाकोट गएका थिए। घरबाट काठमाडौं जान फर्किएका उनी सम्पर्कविहीन थिए । त्रिशुली नदीमा र्‍याफ्टिङ गर्ने व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव संकास्पद भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

 
 
  
 

You may also like