नमस्तेमा विज्ञान प्रदर्शनी

by समतल अनलाइन

ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित रुपन्देहीको तिलोत्तमा -१४ स्थित नमस्ते एकेडेमीमा विज्ञान प्रर्दशन सम्पन्न भएको छ । नेपालमै व्यावहारिक सिकाइको केन्द्रका रुपमा स्थापित एकेडेमीले दैनिक रुपमै हरेक विषयलाई विद्यार्थीलाई पूर्णरूपमा सक्रिय बनाइ पठन पाठन गर्दै आएको छ।
विज्ञानको शैक्षिक सामग्री उत्पादक सस्था कारखाना र नमस्ते एकेडेमीको सहयोगमा कक्षा ६, ७ र ८ का विद्यार्थीले कक्षा कोठालाई नै ल्याबको रुपमा प्रयोग गरी प्रर्दशनी गरिएको हो ।

कार्यक्रममा विद्यार्थीले व्यक्तिगत र समूहगत रुपमा निर्माण गरेका विज्ञान सामग्रीको प्रर्दशन गर्नुको साथै सो विषयमा सहभागि अभिभावक र विद्यार्थीलाई जानकारी गराइएको थियो । हरेक एकाइलाई पुर्ण त कक्षा कोठामा नै दैनिक रुपमा व्यावहारिक सिकाइ हाँसिल गर्ने गरेका छन ।
कार्यक्रममा विद्यालयका निर्देशक डिल्लीनारायण पाण्डेले सिर्जनात्मक र व्यवहारिक पठनपाठन संचालन गर्दै आएको नमस्ते एकेडेमीले नेपालकै उत्कुष्ट, नमुना र व्यवहारिक विद्यालयको रुपमा आफुलाई चिनाउन सफल भएको बताउनुभयो । अन्तर्राष्ट्रिय स्तरको व्यावहारिक शिक्षाको लागि मोफसलको केन्द्र नमस्ते बनिसकेकोमा गर्व महसुस भएको अनुभव शेयर गर्नु भयो।

प्राचार्य जिग्मे शेर्पाले पाठ्यपुस्तकमा शैद्धान्तिक रुपमा सिकेका कुरालाई प्रयोगात्मक रुपमा अगाडि बढाइएको बताए । विद्यार्थीको दैनिक अभ्यासलाई प्रयोगात्मक रुपमा कक्षामै कार्यान्वयन गर्दा पठन–पाठन प्रभावकारी हुने प्राचार्य शेर्पाको भनाइ छ । अभिभावक यज्ञ गैरेले यस्ता प्रर्दशनीले विद्यार्थीमा सिर्जनशीलता, व्यवहारिकता र सकारात्मक मनोविज्ञानको विकास गर्न मद्धत पुरयाउने बताउदै नमस्ते एकेडेमीको अभिभावकका रुपमा गौरवान्वित भएको धारणा व्यक्त गर्नुभयो। ।

अबको युग विज्ञान र प्रविधिको युग भएकाले बोलेर नभई व्यवहारमा नै नमस्ते एकेडेमीले उत्कुष्ट काम गरेको र यो यस क्षेत्रका लागि अनुकरणीय रहेको सञ्चालक श्याम खरेलले भनाइ थियो ।
प्रदर्सनमा व्यस्त रहेका विद्यार्थीहरु आफूले दैनिक रुपमा सिकेका ज्ञानहरु अभिभावक , अतिथि र साथीहरुका बिचमा जानकारी गराउन पाउँदा हर्ष विभोर देखिन्थे ।

कारखानका प्रतिनिधि कुशल पौडेलले आफना उत्पादका बारेमा जानकारी गराएको कार्यक्रम सहप्राचार्य लीलामणि पाण्डेयको संचालन र संयोजक विजय कार्कीको संयोजकत्वमा सम्पन्न भएको संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताउनुभयो ।

 
 
  
 

You may also like