मन्त्रीहरुको टुंगो आज, शपथ भोलि

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । बुधबार(आज) बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आजै मन्त्रिमण्डल पुनर्गठन गर्ने बताएका थिए ।

यसैबीच प्रधानमन्त्री ओलीले हेरफेर हुने मन्त्रीहरुको नामावली आजै टुंगो लगाउने तयारी गरेको प्रधानमन्त्री निकट श्रोतको भनाइ छ ।

‘प्रधानमन्त्रीले मन्त्रिहरुको नाम आजै टुंगो लगाउँनु हुन्छ,’ श्रोतले भन्यो,‘तर शपथ भने भोलि हुने सम्भावना छ ।’

 
 
  
 

You may also like