लोक दोहोरी प्रतिस्ठानको अध्यक्षमा सर्जक रमेश बीजीको उम्मेदवारी

by समतल अनलाइन

कृष्ण पाण्डे
बुटवल । यहि मंसिर ६ देखि ८ गते सम्म हुन गईरहेको लोक तथा दोहरी गीत प्रतिष्ठान नेपालको सातौं केन्द्रीय महाधिवेशनमा बुटवलबाट उदाएका कलाकार एवंम निकै चर्चित गीतहरुका सर्जक रमेश बिजी अध्यक्ष पदमा उमेदवारी दिन गई रहेका छन ।

३ दिन सम्म पोखरामा हुन गई रहेको महाधिबेशनमा वर्तमानमा प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष रहेका सर्जक बिजीले आफु यसपाली अध्यक्षमा बिजयी हुने निश्चित जस्तै भएको दाबी गर्दछन ।

‘म प्रतिष्ठानको संस्थापक सह सचिव हुँ , म लगायतका सबै पदाधिकारीहरु अध्यक्ष भई सक्नु भएको छ , यसपाली स्वतः मेरो पालो भएकोले मैले अध्यक्ष पदको उमेदवारी दिदै छु ,-बिजीले भने–‘ स्थापना काल देखि प्रष्ठिानमा रहेर संस्थामा करोडौंको कोष स्थापना र भवन निर्माण गर्न हाल सम्मका अध्यक्षहरुलाई सहयोग गरेको छु , यसर्थ पनि मलाई देशैभरका कलाकारहरुले साथ दिनु हुन्छ । ’

२०५५ साल तिर हाल प्रदेश ५ को अस्थाई राजधानी बुटवलबाट गायन र गीत सिर्जनाको यात्रा सुरु गरेका बिजीको स्थाई घर स्याङ्खजाको पुतली बजार नगरपालिका १४ लामागेमा पर्दछ । बुटवलमा एक समयका पुराना कलाकारहरुको चेला रहेका उनी अहिले त्यसै बुटवलमा हुने महोत्सवहरु र अन्य गायन प्रतियोगितमा सहभागि प्रतियोगीका गुरु बनेर निर्णायक समेत बन्दै आएका छन ।

पाल्पाबाट उदायका बरिष्ठ गायक तथा चलचित्र निर्देशक नारायण रायमाझीले गाएको ‘लाईछौ बेशना..’ बोलको गीत लेखनबाट ब्यबसायीक गीत सर्जकको यात्रा सुरु गरेका बिजी अहिलेको पछिल्लो बहुचर्चित ‘ चिया छानेर..’ बोलको गीतका समेत रचियता हुन ।

त्यस अघि उनका ‘सरर पानी घट्टामा.. ’ , ‘ रुन्छनी मन किन रुँदैन ’. तिते करेली.. बोलको लोक दोहरी गीत र आधुनिक गीतहरु मध्ये रामकृष्ण ढाकालले गाएको ‘ दियो जलेको देख्छ .. ’ बोलको गीत निकै चर्चामा छन ।

त्यस्तै यसपाली तिहारको ‘ टिका माला… ’. बोलको गीत पनि निकै चर्चामा रहेको थियो । हाल सम्म झण्डै १५ सय भन्दा बढि गीतहरुको सिर्जना गरेका र केहि लोक दोहरी गीत आफुले पनि गाई सकेको बिजी मौलिक गीत लेखनमा गायकहरुका चुनिन्दा सर्जक मानिन्छन ।

झण्डै २० बर्ष देखि अनवरत लोक दोहरी क्षेत्र मै समर्पित छु र यस क्षेत्रको संस्गत विकास र कलाकाहररुको हकहितमा सधैव सक्रिय छु , यसर्थ पनि देशैभरका लोक गायन क्षेत्रका कलाकारहरुले मलाई अध्याधिक मतले विजयी गराउने हुने कुरामा बिश्वास्त छु, –सर्जक बिजीले भने । उनले निवर्तमान हुन लागेका प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्री पंगेनीको आफुलाई साथ रहने उनको दावी गरे । उनी सहित अर्का गायक बिष्णु खत्रीले पनि अध्यक्ष पदको उमेदवारी दिने चर्चा छ ।

 
 
  
 

You may also like