अन्तरिक्षमा भारतको महत्वाकांक्षी मानव मिसन ‘गगन यान’ को सफल प्रक्षेपण

by समतल अनलाइन

नयाँदिल्ली । अन्तरिक्षमा भारतको पहिलो मानव मिसन ‘गगन यान’ को परीक्षण उडान सफलतापूर्वक प्रक्षेपण गरिएको छ । यो परीक्षणले रकेटमा कुनै खराबी भएमा चालक दलका सदस्य कसरी बाँच्ने छन् भन्ने कुरा पत्ता लगाउने भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन इसरोले जनाएको छ ।

परीक्षण उडान सफल भएपछि अर्को वर्ष अन्तरिक्षमा रोबोट पठाउनेलगायत कार्यका लागि मार्ग प्रशस्त गर्ने बीबीसी हिन्दीले जनाएको छ । इसरोले यस्तै किसिमका तीन वटा परीक्षण गरेपछि मानिससहितको यान अन्तरिक्षमा पठाउने तयारी गरेको छ ।

तीन वटा परीक्षण सफल भएपछि तीन जना अन्तरिक्ष यात्रीलाई पृथ्वीको तल्लो कक्षमा लैजाने मानवयुक्त मिसन पठाइने इसरोले जनाएको छ । गएको हप्ता मात्र भारत सरकारले सन् २०२५ मा अन्तरिक्षमा मानव मिसन पठाउन सकिने घोषणा गरेको थियो । झण्डै ९० अर्ब रुपैयाँको लागत रहेको गगन यान परियोजना अन्तर्गत अन्तरिक्ष यात्रीहरुलाई पृथ्वीको चार सय किलोमिटरको कक्षमा पठाउने र तीन दिनपछि पुनः पृथ्वीमा अवतरण गर्ने लक्ष्य रहेको इसरोले जनाएको छ ।

 
 
  
 

You may also like