दसैँमा पानी पर्ने सम्भावना छ कि छैन ? यसो भन्छन् मौसमविद

by समतल अनलाइन

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालिको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने बताए । ‘दसैँमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक-दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ’, उनले भने ।
महाशाखाले आज साँझ या भोलि शुक्रबार दसैँको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ ।

मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले छिट्टै दसैँ बुलेटिन आउने मौसमविद् लामिछानेले बताए । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण अहिले देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन /चट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक /दुईस्थानमा मेघगर्जन / चट्याङगसहित हल्का वर्षाको सम्भावना छ । भोलि शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन / चट्याङगसहित हल्का वर्षाको सम्भावना छ ।

 
 
  
 

You may also like