तिनाउ इन्टरनेशनल हस्पिटल पाचौं वर्ष प्रवेश

by समतल अनलाइन

बुटवल।तिनाउ इन्टरनेशनल हस्पिटल प्रालिको पाचौं वर्ष प्रवेश गरेको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ । अस्पताल परिसरमा एक कार्यक्रम गरि पाँचौ बर्ष प्रवेशको अवसरमा अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सकहरूको अनुभव, परिपक्वता, लगाव, कार्यकौशलता, इमान्दार र प्रभावकारी भूमिकालेले नै अस्पतालको गरिमा बढाएको भन्दै अस्पताल विकास समितिका अध्यक्ष चिरन्जीवी जोशीले सबैलाई आभार व्यक्त गरेका छन् ।

यसैगरि अस्पताल ब्यवस्थापन र चिकित्सकहरुप्रतिको विश्वास बिरामीले प्राप्त गरेको सन्तुष्टी र गुणस्तरिय सेवाले नै यस अस्पताल बुटवल नगरकै पहिलो रोजाइ बन्न पुगेको उनले दाबी गरे । उनले भने–‘साथै विशेषज्ञ सेवा प्रदान गर्दैै आइरहेको हाम्रो असपतालले एक सय भन्दा बढीलाई रोजगारी प्रदान गरिरहेका छौं ।’

संस्थालाई यहा सम्म पुयाउन सहयोग गर्ने सम्पूर्ण कर्मचारी, वितरक र सेवाग्राहीलाई मेडिकल सुपरीवेक्षक डा राजेन्द्र संजेल क्षेत्रीले धन्यवाद ज्ञापन गरेका थिए ।

 
 
  
 

You may also like