सशस्त्र प्रहरीकै पम्पले कम परिमाणमा पेट्रोल बेचेको पाइएपछि …

by समतल अनलाइन

काठमाडौं । केन्द्रीय अनुगमन टोलीले आज (बुधबार) मात्रै काठमाडौंका थप दुई पेट्रोल पम्प शिलबन्दी गरेको छ । मंगलबार मात्रै अनुगमन क्रममा उपभाक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरीगाउँको भ्याली बाबा सप्लायर्समा शिल गरिएको थियो ।

बुधबार गरिएको अनुगमन क्रममा सोही प्रकृतिको ठगी गरेर उपभोक्तालाई कम परिमाणमा तेल दिएको भन्दै सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वयम्भूस्थित हलचोक फ्युल सेन्टर पम्प र कलंकीको श्यामा पेट्रोल पम्पमा शिल गरिएको प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारबाट अनुगमनमा खटिएका प्रधुम्न उपाध्ययले जानकारी दिए ।

‘उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गर्ने दुई वटा पम्प शिल गरेका छौं,’ उपाध्यायले भने,‘ सशस्त्र प्रहरीको पम्पबाटै कम मात्रामा पेट्रोल बिक्री गरिने गरेको पत्ता लागेको छ । कलंकीको श्यामा पम्प पनि शिल गरेका छौं थप अनुसन्धान हुँदैछ ।’ उक्त दुवै पेट्रोल पम्पले बिक्री गरेको मूल्य भन्दा कम परिमाणमा उपभोक्तलाई पेट्रोल बिक्री गरेको अनुगमन टोलीको प्रारम्भिक निष्कर्ष छ ।

 
 
  
 

You may also like