जेहेन्दार विद्यार्थीलाई सम्मान गर्दै युवा नेता घर्तीले मनाए आफ्नो जन्मोत्सव

by समतल अनलाइन

बुटवल। नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य तथा नेपाल मगर विद्यार्थी संघ लुम्बिनी प्रदेश निवर्तमान अध्यक्ष प्रदीप घर्ती मगरले एक कार्यक्रमका बीच आफ्नो जन्मोत्सव मनाएका छन् । आफ्नो जन्मोत्सवको अवसरमा त्रिभुवन विश्वविधालय टपर लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत विद्यार्थी छात्रा आयुश्मा रेश्मीलाई सम्मान गरेका हुन्। रेश्मिलाई नगद रु. ५,५५५/- , डायरी र दोसल्लासहित सम्मान गरिएको हो ।

कार्यक्रम प्रदिप घर्ति मगरको अध्यक्षता, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य राम बहादुर कार्कीको प्रमुख आतिथ्यता, नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य बिकाश पाण्डे, नेपाली विद्यार्थी संघ रुपन्देही सभापति शमशेर खड्का, साना होटेल लोकतान्त्रिक संघ रुपन्देही अध्यक्ष शिवराज पोख्रेल, नेपाल विद्यार्थी संघ लुम्बिनी बाणिज्य क्याम्पस कार्यवाहक सभापति रेशम क्षेत्री , नेपाल मगर विद्यार्थी संघ रुपन्देही अध्यक्ष रमेश सारु, नेपाली काङ्ग्रेस युवा नेता नारायण सिंह बेल्बासे, लोक दोहोरी गायक दीपक दर्लामी, नेपाल मगर विद्यार्थी संघ अर्घाखाँची सचिव सन्दीप पुन, नेपाल मगर विद्यार्थी संघ रुपन्देही सचिव टेक राना, नेपाल विद्यार्थी संघ जिल्ला सदस्य हरि घिमिरे, जिल्ला सदस्य सागर पन्थी, विद्यार्थी नेता माधव के. सी., स्ववियु सदस्य अमृता राना, स्ववियु सदस्य भुवनेश्वोर अधिकारी, ने. वि. संघ नेतृ बिजया कंडेल लगायतको आतिथ्यता तथा अन्यको उपस्तिथिमा भव्य तथा सभ्य रूपमा सम्पन्न भयो । कार्यक्रमको संचालन ने. बि. संघ बुटवल बहुमुखी क्याम्पस नेता सुरज पन्थीले गरेका थिए ।

घर्तीले आफु यस धर्तीमा जन्म लिएको यस दिनलाई स्मरण गर्दै, उक्त दिनलाई रचनात्मक र फलदायी रुपमा मनाउन विगतका वर्षहरुदेखि नै तडक भडक पार्टी तथा भोज नगरेर यस्तै सेवामुखी कार्य गर्दै आएका छन् । सम्पुर्ण युवाहरुलाई रचनात्मक कार्यमा अग्रसर बनाउने घर्तीले अन्य दिनमा नसकेपनि वर्षको एक दिन अर्थात जन्मदिनमा सेवामुलक कार्य गरेमा एकआपसमा सहकार्य र सहयोगको भावना विकास भइ समुन्नत समाज निर्माणमा सकारात्मक शन्देश दिने बताए र हरेक युवालाइ उक्त कार्य गर्न प्रोत्साहित समेत गरे।

 
 
  
 

You may also like