सत्य साई केन्द्र बुटवलद्वारा बृक्षाराेपण कार्यक्रम

by समतल अनलाइन

बुटवल ।सत्य साई सेवा सङ्गठन नेपाल स्थापनाको स्वर्णजयन्तीका अवसरमा श्री सत्य साई केन्द्र बुटवलद्वारा आज शनिबार बृहत बृक्षाराेपण कार्यक्रम सम्पन्न भएको छ। बुटवल ५ स्थित श्री सत्य साई केन्द्र बुटवलकाे परिसर तथा बुटवल ७ दिपनगर अवस्थित साई बाटिकामा निम, कल्की, धुपि लगायतका एक सय बढी बिभिन्न प्रजाती फलफूल तथा बिरुवाहरु रोपिएका थिए ।

सत्य साई केन्द्र बुटवल अन्तर्गत संचालित बाल बिकाशमा अध्ययनरत रहेका बालबालिकाहरु लाई प्रकृतिसंग अन्तरघुलन गराउनुका साथै पर्यावरणलाई जोगाउन सचेतना जगाउने उद्देश्य राखेर बृक्षाराेपण कार्यक्रम गरिएको कार्यक्रम संयाेजक शिशिर श्रेष्ठले बताए । ” भगवान् साई बाबाको सदिक्षा अनुरुप वातावरण संरक्षणका लागी वृक्षारोपण र सरसफाई निकै महत्व हुने हुदां यो जनचेतनामूलक कार्यक्रम समेत भएकोले हामी निकै उत्साही भएर यो कार्यक्रमलाई सफल बनाउन लागी परेको छाै ।मानव कल्याणका लागि आवश्यक यस्ता कार्यक्रम हामीले निरन्तर जारी राख्नेछाै” श्रेष्ठले भने ।

उक्त बृक्षाराेपणका लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम बुटवल तथा लुम्बिनी प्रदेश वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बुटवलबाट विरुवाहरु उपलब्ध गराइएकाे थियो । साे कार्यक्रममा बुटवल सत्य साइ केन्द्रका उपाध्यक्ष मनाेहर श्रेष्ठ , युवा परिचालन संयाेजक रचना श्रेष्ठ, शिक्षा संयाेजक गणेश राजभण्डारी, बाल बिकासका बिध्यार्थी, साई युथ परिवार तथा साई केन्द्रका भक्तजनहरुकाे उपस्थिति रहेको थियोे ।

 
 
  
 

You may also like