बुटवलको आर्थिक चलायमान बनाउनु मेरो मुख्य अजेण्डाः अर्याल

by समतल अनलाइन

बुटवल । २२ असोज देखि बुटवल उद्योग बाणिज्य संघको ७० औं बार्षिक साधारण सभा तथा २५ औं अधिबेशन सुरु भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन सत्र सकिएसंगै संघकै आफ्नो भवनमा निर्वाचनका सवै कार्यक्रमहरु सुरु भइसकेका छन् । यस पटकको अधिबेशनमा नेतृत्वका लागि हरि अर्याल प्यानल नै बनाएर दिनेशप्रसाद श्रेष्ठको प्यानलसँग चुनावी मैदानमा छन् ।

बुटवलका व्यवसायी तथा उद्योगी अर्याललाई सवल र सक्षम व्यवसायीको रुपमा चिन्दछन् । व्यवसायीको हकहितका लागि लामो समयदेखि उनी उद्योगबाणिज्य संघमा विभिन्न समयमा विभिन्न पदमा आवद्ध छन् ।

अघिल्लो निर्वाचनमा हालका अध्यक्ष उज्वल कसजुसंग केही मतले नेतृत्वमा आउनबाट रोकिएका अर्याल यस पटक सवै उद्योगी, व्यवसायीको आफुलाई साथ भएको बताउँछन् । ‘व्यवसायीहरुले केही नयाँ पन खोज्नुभएको छ । त्यो नयाँ पन मेरो साझा प्यानलमा छ । त्यसैले पनि साझा उम्मेदवारहरुलाई व्यवसायको साथ र समर्थन हुन्छ भन्नेमा विश्वास छु’ उनले भने ।

एजेण्डाका हिसावले बुटवलको बजारलाई व्यवस्थापन गर्ने, उपमहानगरपालिकासँग सहकार्य गर्ने, घर धनि र व्यवसायीहरु विच सुमधुर सम्बन्ध स्थापित गर्न आफु लाग्ने उनले बताए । ‘आर्थिक गतिविधिहरुलाई कसरी चलायमान गर्न सकिन्छ । कसरी व्यवसायलाई संरक्षण गर्न सकिन्छ । अर्थतन्त्रलाई लयमा ल्याउन सकिन्छ । नै मेरो मुख्य एजेण्डा हुन’ उनले भने ।
बुटवलमा पछिल्लो समय धेरै सटरहरु खाली भएको र व्यापारमा मन्द आएको बताउँदै उनले यसको समधानका लागि पनि आफु गम्भिर भएर लाग्ने बताए । व्यवसायीलाई कसरी स्थापित गर्ने र आईपरेका समस्या संग कसरी समधान गर्ने भन्ने विषयमा आफु गम्भिर भएको भन्दै यसको समधानका लागि बुटवलमा रहेका सवै व्यवसायीक संघ संस्थाहरु संग आफुले सहकार्य गर्ने समेत उनले बताए ।
‘बुटवलमा व्यवसायीक संस्थाहरुमा व्यवसायिक ‘नेचर’ तथा चरित्र कमजोर हुँदै जाँदा व्यवसायीक संस्था बढ्दै गइरहेको छ । उद्योग वाणिज्य संघ जस्तो संगठनले व्यवसायिक चरित्रलाई स्थापित गर्न सक्नु पर्छ । व्यवसायीक एजेण्डाहरुलाई छलफल र बहस गर्न पनि गर्नु पर्छ । उस्तै प्रकृतिका संस्थाहरुसँग सहकार्य गर्न सक्यो भने स्वभाविक रुपमा स्थानीय हाम्रो आर्थिक गतिविधि र संगठनिक संरचनामा परिर्वतन आउँछ’ उनले भने ।

बुटवललाई पर्यटनको विकास संग जोड्न सकेमा पनि बुटवलमा आर्थिक चलायन मान बढ्ने अर्याल बताउँछन् । त्यसैले पर्यटकिय गतिविधि बढाउन स्थानिय सरकार, प्रदेश सरकार र संघ सरकार संग आफुले पहल कदमी गर्ने उनले बताए ।

साथै उनले घरदैलोको कार्यक्रममा व्यवसायीहरुले दिएका सुझावहरुलाई समष्टिगत गर्दै समधानका लागि पहल गर्ने समेत बताए । घरदैलोको क्रममा व्यापारीहरुबाट सटर भाडा, कर, सम्पत्ती कर लगाएतका विषयमा धेरै गुनासो आएको भन्दै यी समस्याको समधान आफ्नो प्यानलले गर्ने प्रतिबद्धता समेत उनले जनाए ।

 
 
  
 

You may also like