सजिलो सहकारीले १५ औं वार्षिकोत्सब मनायो

by समतल अनलाइन

बुटवल । सजिलो बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका – ९ स्थित कालिकानगरमा प्रधान कार्यलय रहेको सहकारीको शनिबार बुटवल फुलबारीमा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सहकारीले उद्यमशिलतामा विशेष जोड दिनु पर्ने बताए। साथै सहकारीले अब आर्थिक क्षेत्रमा विशेष जोड दिनु पर्ने उनको भनाई छ
संस्थाका अध्यक्ष रामराज पोख्रेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले शेयर सदस्यको हितमा लामो समयसम्म काम गर्दै आएको बताए । अहिले केहि सहकारी सकटमा परे पनि आफुहरुको निरन्तर प्रयासले सजिलो सहकारी फाइदामै रहेको बताए।

स्थानीय स्तरमा स्थानीय नागरिकबाट सञ्चालन भएका सहकारीमा गरेको लगानी खेर नजाने उनले बताए ।
बुटवलमा मात्रै कार्यक्षेत्र रहेकोमा अगामी दिनमा क्षेत्र बिस्तार गर्ने संस्थाको योजना रहेको अध्यक्ष पोखरेलले बताए । सहकारीले बाल बचत र दैनिक बचत समेत गर्दै आएको छ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रदिपकुमार श्रेष्ठ, बुटवल उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख गुणाखर खनाल, बुटवल जेसीजका पुर्वअध्यक्ष तथा शेयर सदस्य गणेशचनद्र पोेखरेल, व्यवसायी तथा शेयर सदस्य गोपाल ज्ञवाली लगायतले बोलेका थिए।
७५९ जना शेयर सदस्य रहेकोमा चालु आर्थिक वर्षमा ८ सय पुर्याउने लक्ष्य लिईएको छ । हाल सहकारीको कुल पुँजी ९ करोड ६२ लाख ३५ हजार ४३ रहेको छ । जसमा कर्जा लगानी ८ करोड १७ लाख ९८ हजार ९ सय ८ रहेको छ । निक्षेप तर्फ ७ करोड ५२ लाख ८१ हजार ४ सय ३२ रहेको छ । शेयर पुँजी तर्फ १ करोड १४ लाख ८१ हजार रहेको छ । साधारण सभामा जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

 
 
  
 

You may also like