२१ बर्षदेखि उद्योगी व्यवसायीको हितमा काम गरेका श्रेष्ठ

by समतल अनलाइन

बुटवल । बुटवल उद्योग बाणिज्य संघको ७० औं बार्षिक साधारण सभा तथा २५ औ अधिबेशन सुरु भइसकेको छ । नेतृत्वका लागि दिनेशप्रसाद श्रेष्ठ प्यानल नै बनाएर हरीप्रसाद अर्यालको प्यानलसँग भिड्दै छन् ।

श्रेष्ठ २१ बर्षदेखि बुटवल उद्योग बाणिज्य संघमा आवद्ध छन् । दुई दशकको यो यात्रामा उनले उद्योगीव्यवसायीको हितमा अहोरात्र खटिएको उनका समर्थकहरु बताउँछन् ।
पाँच दशकअघि २०२९ सालतिर पीता अमरप्रसाद श्रेष्ठसँग बुटवल झरेका श्रेष्ठले बुटवलको आर्थिक फड्कोसँगसँगै आफूपनि अब्बल व्यवसायीको रुपमा उदाए ।
पाल्पाको भैरवस्थानमा जन्मिएका दिनेशले आफ्नो व्यवसायिक जीवनकालमा कपडा, यातायातलगायतका क्षेत्रमा सफल बनिसकेका छन् ।

वि.स. ०४५ सालमा फेन्सी पसल सुरु गर्दै व्यवसायीक यात्रा सुरु गरेका उनले यो बीचमा धेरै संघर्ष गर्दै अगाडि बढे । किराना पसल चलेको देखेर उत्पादकहरु उनलाई डिलर दिन लालायित हुन थाले । २०५८ सालसम्म पुग्दा उनी केही कम्पनीका अधिकृत बिक्रेता बनिसकेका थिए । त्यतिबेला खुब चल्ने योयो चाउचाउको उद्योग र रुचि चाउचाउको डिलरबाट उनको डिष्ट्रिब्युटरको यात्रा पनि थपियो । २०५९ सालदेखि उनको बिजनेशमा लिकर्स व्यवसाय पनि थपियो र उनी मदिराको डिस्ट्रिब्युटरको काम सुरु गरे । अहिले पनि उनी मदिरा व्यावसायी सहित त्यससँग सम्बन्धित केन्द्रीय संस्थाको सल्लाहकार रहेका छन ।

व्यापार संगसंगै उनी २०५९ सालमा कार्यसमिति सदस्य पदबाट बुटवल उद्योग वाणिज्य संघमा प्रवेश गरे । त्यसयता उनी ४ कार्यकालमा क्रमशः सचिव, कोषाध्यक्ष, महासचिव र वरिष्ठ उपाध्यक्ष बनिसकेका छन् ।
उनी आफूले संस्थामा २१ बर्ष विभिन्न पदमा बसेपछि व्यवसायीका, उद्योगीका सवै समस्या बुझेको दावी गर्छन् । उनी भन्छन्, ‘त्यसैले पनि नेतृत्वका लागि मैदानमा आएको हुँ ।’

 
 
  
 

You may also like