पहिलो पाइला बुटवल शाखा र आवाज सहकारीको रक्तदान , ४० युनिट रगत संकलन

by समतल अनलाइन

बुटवल । पहिलो पाइला नेपाल बुटवल शाखाको आयोजना र आवाज बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा रक्तदान कार्यक्रम बुटवलमा सम्पन्न भएको छ।
शनिबार बुटवलमा भएको कार्यक्रममा ४० युनिट रगत संकलन भएको हो ।

पहिलो पाइला नेपाल बुटवल शाखा अध्यक्ष बिनोद बश्याल ज्युको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वार्ड न ०९ का वाड अध्यक्ष प्रदीप कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा पहिलो पाइला नेपाल केन्द्रिय महासचिव बिनोद महत, केन्द्रीय सचीव पारस मरासिनी , पहिलो पाइला नेपाल बुटवल शाखा सल्लाहकार ठाकुर गैरे, गंगाधर न्यौपाने , जिबन अधिकारी , बाबुराम बन्जाडे , नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय महासचिव कृष्ण चौहान र समाजसेबि खुबिराम आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै कृष्ण चौहानले हामिले बुटवललाई रगत नपाए बुटवल जानू भन्ने कथन लाई साकार गर्न पहिलो पाइला नेपाल र पहिलो पाइला नेपाल का सक्रिय युवाहरु र बुटवल मा रहेका सामाजिक संस्थाको सक्रियताले आफु प्रभाबित भएको बताउनु भएको थियो।

त्यस्तै प्रमुख अतिथि श्रेष्ठले पहिलो पाइला नेपाल बुटवल शाखा का युवाहरुले समाज रुपान्तरणका निमित्त खेलेको भुमीका लाई नजिक बाट नियालेको बताउदै संस्था ले कहिले अर्घाखाँचीमा भाग्य बोक्ने झोला कहिले कपिलवस्तु , कहिले गुल्मी त कहिले रुपन्देहिका विभिन्न क्षेत्रमा कार्यक्रम गरेको देख्दा परिवर्तन बास्तबमा युवा बाट सम्भ छ भन्ने आफू लाई लागे को बाताउदै आफू सबैव संस्थाको साथमा रहेको बताउनु भएको थियो ।

संस्थाका अध्यक्ष बिनोद बस्यालले पहिलो पाइला नेपाल एक निस्वार्थ रुपमा समाज लाई केही गर्न सकिन्छ कि भन्ने उदेश्य ले स्थापित सामाजिक संस्था
हो ।
पहिलो पाइला नेपाल कहिले बाल आश्रम का न्यानो नाया अभियान लिएर पुगेका छौ कहिले बृद्ध आश्राम मा खाद्यान्न लिएर पुग्ने गरेको कुरा बताउदै संस्थाले शिक्षा , स्वास्थ्य , सरसफाइ तथा मानवसेवा का क्षेत्रमा काम गर्दै आएको र आज रक्तदान कार्यक्रम गर्न लागिएको बाताउदै कार्यक्रम मा उपस्थित सम्पुर्ण लाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रम को सम्पुर्ण ब्यवस्थापन पहिलो पाइला नेपाल बुटवल शाखा कोषाध्यक्ष तथा कार्यक्रम संयोजन सन्तोष के सिले गर्नु भएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य संस्थाको उपाध्यक्ष गोमा भट्टराईले राख्नु भएको थियो भने आवाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवन अधिकारीले धन्यवाद मन्तव्य राख्नु भएको थियो।

कार्यक्रम को संचालन संस्थाका सह- सचिब मनिष खनालले गर्नु भएको थियो।

 
 
  
 

You may also like