बिआरआईको कार्यालय लुम्बिनीमा पनि, विश्व बौद्ध संस्कृति प्रदर्शनी शुरु

by समतल अनलाइन

भैरहवा । बेल्ड एण्ड रोड इनिसेटिभ (बिआरआई) को कार्यालय लुम्बिनीमा स्थापना भएको छ । बिआरआईको १० औं वार्षिकोत्सवको अवसर पारेर परियोजना अन्र्तगतको सिल्क रोड ईन्टरनेशनल बुद्धिष्ट कल्चरल एक्सचेन्ज सेन्टरको लुम्बिनी स्थित लुम्बिनी विश्व बिद्यालयमा स्थापना गरिएको हो ।

शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष तथा बेल्ड एण्ड रोड इनिसेटिभको संयुक्त आयोजनामा भएको बौद्ध संस्कृति सम्मलेन तथा बिआरआईको १० औं वार्षिकोत्सवको उद्घाटन समारोहमा बोल्दै वक्ताहरुले बेल्ड एण्ड रोडको अवधारणाले बौद्ध संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउने बताए । चिनिया बौद्ध भिक्षुयात्रीहरु फाइयान तथा ह्वेन साङले यात्रा गरेको क्षेत्रमा सिल्क रोडको विकास अवधारणा बनेको वक्ताहरुले बताए ।
कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री शुसिला श्रीपालीले बौद्ध पुरातत्व तथा स्थलसहित संस्कृतिको विकासमा चिनिया यात्रीहरुको ऐतिहासिक भूमिका रहेको भन्दै त्यो रुटको विकासले नेपाल, चीन तथा भारतको बौद्ध संस्कृतिलाई जोड्ने बताए ।

उनले बिआरआईले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन । “प्रधानमन्त्रीज्यूको भर्खरको चीन भ्रमणमा पनि बिआरआई कार्यान्वयनमा जोड दिइएको छ, उनले भनिन “ब्यापार, देशहरुबीच साझेदारी तथा बौद्ध संस्कृतिको विकासमा यो परियोजना महत्वपूर्ण हुनेछ ।”
चीनको यो महत्वपूर्ण परियोजनामा नेपालले सन् २०१७ मे १२ मा हस्ताक्षर गरेको थियो । क्षेत्रीय एकीकरणमा सुधार गर्दै रेल्वे, सडक, पूर्वाधार विकासमा साझेदारी गर्ने योजना यो परियोजनाको छ ।

सो कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्याहरक्याल लामाले सिल्करोड मार्फत सांस्कृतिक र आर्थिक विकास गर्नुपर्ने भन्दै बिआरआई परियोजना छिट्टै सम्पन्न गर्नुपर्नेमा जोड दिए । शान्ति र सद्भावमय विकासका लागि बौद्ध दर्शनलाई आत्मसाथ गर्नुपर्ने भन्दै मूलुकका हरेक विकासका कार्यहरुले शान्ति निम्त्याउने काम गर्नुपर्ने बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य बौद्ध दर्शनको व्यवहारिक अनुशरण आवश्यक रहेको भन्दै बौद्ध संस्कृति प्रदर्शनी नियमित गरिरहन आवश्यक रहेको बताए । लुम्बिनीस्थित चिनियाँ मोनाष्ट्रीका प्रमुख ताओ युएले बुद्ध युनिभर्सल भएकाले यिनको दशर्नको प्रवद्र्धन र अनुशरणमा पनि विश्वले काम गर्नुपर्ने बताए ।

आईसिसिआर चियर प्रोफेसर बिमलेन्द्र कुमारले सिल्क रोड बौद्ध संस्कृतिसंग आवद्ध रहेको भन्दै ह्वेनसाङसहितका यात्रीहरुले बौद्ध धर्मको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र संयोजक डा. कुमार खड्काका अनुसार प्रदर्शनीमा बौद्ध संस्कृतिका विषयमा बिभिन्न कार्यपत्रहरु प्रस्तुत भएको र विज्ञहरुले छलफल गरेको बताए ।

लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी शुरु भएको हो । बौद्ध दर्शन र संस्कृतिका प्रवद्र्धन गर्ने उद्देश्यसहित शुक्रबार प्रदर्शनी शुरु भएको हो ।

 
 
  
 

You may also like