एभरेस्ट बैंकद्धारा तिलोत्तमाका अटो तथा ई–रिक्सा चालकहरुलाई क्युआर कोड हस्तान्तरण

by समतल अनलाइन

बुटवल।एभरेस्ट बैंक लिमिटेडले रुपन्देहीको तिलोत्तमामा सञ्चालित अटो तथा ई–रिक्सा चालकहरुलाई फोनपे सँगको सहकार्यमा क्युआर कोड हस्तान्तरण गरेको छ ।

एभरेस्ट बैंक लिमिटेडले शुक्रबार मणिग्रामस्थित लुम्बिनी कृषि उपज थोक बजार परिसरमा एक कार्यक्रमकाबीच नेपाल अटो तथा ई–रिक्सा यातायात प्रा.लि.मा आवद्ध सदस्यहरुलाई क्युआर कोड हस्तान्तरण तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । सो अवसरमा तिलोत्तमा नगरपालिकाका उप–प्रमुख जागेश्वरी देवि चौधरीले तिलोत्तमा अटो तथा ई–रिक्सा यातायात प्रा.लि.का अध्यक्ष सोभाकान्त भुषाललाई क्युआर कोड हस्तान्तरण गरिन । नगद बोकेर हिड्दा जोखिमका धेरै घटनाहरु भएको उदाहरण सुनाउदै विद्युतीय प्रविधिको प्रयोगबाट धेरै उपयोगी हुने उनले दाबी गरिन । तिलोत्तमा नगरबाट एउटा अभियानका रुपमा यो शुभारम्भ भएको भन्दै यसलाई साथ दिन आग्रह गरिन ।

श्रमिकलाई सम्मान हुने गरि बैंकबाट चलाएको कार्यक्रमलाई अझ परिमार्जित गर्दै नागरिकलाई उद्यमी, ब्यवसायी बनाउने गरि बैकबाट आवश्यक सहयोग गर्नेतर्फ पनि कार्यक्रमहरु चलाउन उनले आग्रह गरिन ।

कार्यक्रममा नेपाल राष्ट्र बैक सिद्धार्थनगरका प्रमुख सत्येंद्रराज सुवेदीले नेपालमा विद्युतीय माध्यमबाट पेमेन्ट गर्ने प्रविधि छोटो समयमा राम्रो परिणाम दिन सफल भएको बताए । विश्वमा भएको प्रविधि विकासलाई हेर्दा नेपाल धेरै पछि रहेको भन्दै प्रविधिमा देखिने सानातिना कमिकमजोरी र समस्यालाई समाधान गर्दै अगाडी बढ्नुपर्ने भन्दै विश्व नै क्यासलेस समाज बन्दै गएको उनले बताए । कार्यक्रममा फोनपेका सिईओ दिवस कुमार सापकोटाले डिजिटल पेमेन्टको महत्व बढ्दै गएको बताए ।

क्युआर कार्डको शुभारम्भ जापानमा भएको भन्दै नेपालमा छोटोसमयमा प्रयोगकर्ता र कारोबार बढ्दो रुपमा रहेको बताए । नेपालमा अहिले २८ अर्बको मासिक कारोबार हुने गरेको भन्दै करीब १३ लाख ब्यवसायीहरुले डिजिटल प्रविधिको प्रयोग गरिरहेको उनले बताए । अहिले डिजिटल पेमेन्टको महत्व बढेको छ यसबाट एउटा रेकर्ड तयार हुने हुदा पनि स–साना कर्जाको लागि समेत यो भविष्यमा उपयोगी हुने उनले दाबी गरे । ब्यवसाय प्रर्वद्घनमा यो प्रविधि सहयोगी सिद्घ भएको तथ्याकमा अगाडि रहेको छ । लुम्बिनी प्रदेश काठमाडौं पछिकै दोस्रो धेरै क्युआर कार्ड प्रयोग गर्ने र डिजिटल पेमेन्ट चलाउनेमा पर्ने उनले बताए ।

डिजिटल पेमेन्टलाई जोखिम रहित बनाउने गरि यसबारे बुझ्न जरुरी रहेको उनी बताउछन । कार्यक्रममा अटो तथा ई–रिक्सा यातायात प्रा.लि.का सचिव खड्ग बहादुर ओलीले आर्थिक चपेटामा गुज्रिरहेको बेला सानो सानो कारोबार गर्ने ज्यालादारी गर्नेहरुलाइ उपयोग हुने गरि बैंकले ल्याएको अभियान महत्वपुर्ण भएको बताए । थोरै थोरै रकमलाई बैकिङ कारोबारमार्फत रकम संकलनको अभियानका रुपमा यो कार्यक्रम भएको बताए । अटो चालकहरु नया प्रविधि अनुसार चल्न जरुरी रहेको भन्दै २१ औ शताब्दी अनुसारको प्रबिधि संग आफुहरु पनी परिचित र प्रविधि मैत्रि हुन यो अभियान सफल हुने उनले बताए ।

अटो धनि तथा चालकहरुले अटो स्थानिय पालिकामा अनिवार्य दर्ता गर्ने, मर्याादित, अनुसासित र बित्तिय रुपमा साक्षर बन्ने गरि अघि बढ्न जरुरी रहेको बताए । एभरेष्ट बैकका प्रदेश प्रमुख लव प्रसाद कुइकेलले राष्ट्र बैककै नीतिलाई कार्यान्वयन गर्ने रुपमा तिलोत्तमा नगरपालिकाबाट इ–रिक्सा ब्यवसायीहरुलाई क्युआर कोड वितरण एउटा शुरुवात भएको बताए ।

कार्यक्रममा एभरेस्ट बैकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले ‘थोरै भएपनि बचत गरौ ।’ भन्ने नारा बोकेर आम नागरिकको बचत सुरक्षित गर्न र लगानीमा सहयोग गर्ने गरि आफुहरुले काम गर्दै आएको बताए ।

यसको बढिभन्दा बढि प्रयोग भएमात्र सफल भइने भन्दै उनले सानासाना जागरणका कामबाट सरकारलाई मद्दत मिल्ने दाबी गरे । कार्यक्रममा लुम्बिनी कृषि उपज थोक बजार, मणिग्रामका भिमकान्त पन्थी एभरेस्ट बैंक लिमिटेड, मणिग्राम शाखाका प्रबन्धक बिमल भुसालले बैक तथा बित्तिय संस्था आम नागरिकको दैनिकीसंग जोडिने गरि कार्यक्रमहरुलाई अगाडी बढाउँदै लैजानुपर्ने बताए । उक्त कार्यक्रमको सहजीकरण बैंकका ब्राण्ड म्यानेजर पुश्प उप्रेतीले गरेका थिए ।

 
 
  
 

You may also like