सन्जु पौडेललाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान

by समतल अनलाइन

बुटवल।पत्रकार सन्जु पौडेललाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । रुपन्देहीको आर्थिक क्षेत्रमा समाचारमार्फत योगदान पुर्‍याएको भन्दै उद्योग वाणिज्य संघ बुटवलले पौडेललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

संघको ७० औं साधारणसभा तथा २५ औं अधिवेशन अवसरमा महासंघका केन्द्रिय अध्यक्ष चन्द्र ढकाल , बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले पुरस्कार हस्तान्तरण गर्दै उनलाई सम्मानपत्र र नगद राशि प्रदान गरेका थिए ।

 
 
  
 

You may also like