सौन्दर्य ब्यवसायी अर्याललाई उत्कृष्ट महिला उद्यमी सम्मान

by समतल अनलाइन

बुटवल। बुटवलकी सौन्दर्य ब्यवसायी सुनिता अर्याल उत्कृष्ट महिला उद्यमीका रुपमा सम्मानीत भएकी छन् । बुटवल होराइजन चोकमा रहेको क्रिष्टिना ब्युटिपालर्स एण्ड टे«निङ्ग सेन्टरकी संचालक रहेकी अर्याललाई बुटवल उद्योग बाणिज्य संघले उत्कृष्ट महिला उद्यमीका रुपमा सम्मान गरेको हो ।

बाणिज्य संघको ७० औं बार्षिक साधारण सभा तथा २५ औं अधिवेशनको अवसरमा संघका अध्यक्ष उज्जवलप्रसाद कसजु र नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सम्मानपत्र तथा दोसल्ला ओडाएर सौन्दर्य ब्यवसायी अर्याललाई सम्मान गर्नु भएको हो । झण्डै डेढ दशकदेखि सौन्दर्यकला ब्यवसायीमा लागेकी अर्याललाई शुक्रबार उक्त कार्यक्रमको अवसर पारि सम्मान गरिएको हो । अर्याल नेपाल ब्यटिसियन संघकी लुम्विनी प्रदेश सचिव हुन् ।

सो अवसरमा बुटवलका पुराना व्यवसायी चित्रमान गौचन सहित उत्कृष्ट उद्योगी यज्ञश्वर थैव, केशव ढकाल र पत्रकार सन्जु पौडेललाई सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यसै सो अवसरमा संघका पूर्वअध्यक्ष, सल्लाहका तथा कार्यसमिति पदाधिकारी सदस्यहरुलाई सम्मान गरिएको छ । त्यसै अवसरमा संघले प्रकाशन गरेको ‘हाम्रो बुटवल’ स्मारिका समेत विमोचन गरिएको छ ।

 
 
  
 

You may also like