डीएसपीको सपरिवार मार्छु भन्नेलाई नियन्त्रणमा लिनुको सट्टा सरकार प्रोत्साहन गर्दैछ : ओली

by समतल अनलाइन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकरी हान्नेलाई पहिले नै नियन्त्रणमा नलिएको बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा आयोजित एसिड आक्रमणविरुद्धको जागरण दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले पहिले नै खुकुरी हान्छुभन्दा सरकार कानमा तेल हालेर बसेको थियो भन्दै प्रश्न गरेका छन् । ‘अस्ती यहाँ खुकुरी हान्ने मान्छेले त माइतीघर मण्डलामा खुकुरी हान्छु भनेकै थियो त’, ओलीले भने, ‘पहिले नै खुकुरी हान्छु भनेको थियो । लात्ती हान्छु भनेर खुट्टा उचालेको थियो । मान्छेहरुको नाम लिई लिई काट्छु भन्दा सरकार कानमा तेल हालेर बसेको थियो ?’

त्यस्तै, उनले कांग्रेसको कोशी प्रदेशका सांसद खगेनसिंह हाङगामले प्रहरीविरुद्ध दिएको अभिव्यक्तिलाई आतंककारी क्रियाकलापको संज्ञा दिए । उनले सरकारले नियन्त्रणमा नलिएकोमा आपत्ति जनाए । ‘डीएसपीको सपरिवार मार्छौ भन्ने आतंककारी क्रियाकलाप बाहेक केही होइन’, ओलीले भने, ‘सरकार आफैँले यस्ता क्रियाकलाप बढाइरहेको छ । मार्छु भनेको छ । सरकार नियन्त्रणमा लिदैन ।’

 
 
  
 

You may also like