युनिर्भसल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा अध्यनरत विद्यार्थीद्वारा रिले अनसन सुरु

by समतल अनलाइन

भैरहवा । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवामा विद्यार्थीले रिले अनसन सुरु गरेको छन् । सरकारले तोकेको भन्दा बढी १५ लाख बढी शुल्क लिएको र फिर्ता माग गर्दे आएका बिद्याथीहरुले आफनो माग सम्बोधन नगरेपछि शुक्रबारबाट रिले अनसन सुरु गरेका हुन् ।

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवामा अध्यनरत एमबीबीएस,बीडीएस फार्मेसी नर्सिङ अध्ययनरत विद्यार्थीले ६ घन्टाका दरले ४ ग्रुप बनाएर रिले अनसन सुरु गरेको एमबीबीएस अध्ययनरत भुपेस चन्दले बताए । उनले भने यस अघि हामीले क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएको र त्यो सुनाई नभएपछि चरणबद्ध आन्दोलन सुरु गरेको बताएका छन । उनका अनुसार बिद्यार्थीहरुले गत सोमबार कलेज प्रशासन, लेखा, प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापक कक्षलगायतमा तालाबन्दी गरेका थिए । विद्यार्थीले प्रशासनलाई ज्ञापनपत्र बुझाउने, मूल गेटमा धर्ना दिने, तालाबन्दी गर्नेलगायतका चरणबद्ध आन्दोलन गरेपनि प्रशासनले बेवास्ता गरेपछि बाध्य भएर रिले अनसन बसेको चन्दले बताए । आन्दोलन लामो समयसम्म चलिरहँदा कलेजबाट इन्टर्नमा खटिएका चिकित्सकले समेत शुल्क फिर्ता नभए काम नगर्ने चेतावनी दिँदै आएका छन् ।

यता कलेज प्रशासनले भने मुलुकभरका १८ वटा मेडिकल कलेजको समस्या भएकाले माथिल्लो निकायबाटै समाधान खोज्नुपर्ने बताउंछ । युनिभर्सल मेडिकल कलेज भैरहवाका प्रबन्धक कमल ढकालले आफूहरुले विद्यार्थीलाई आन्दोलनका कार्यक्रम स्थगन गर्न आग्रह गरेको तर नमानेको बताए। कात्तिक १४ गतेदेखि विद्यार्थी चरणबद्ध आन्दोलनमा छन् । सरकारले बीडीएसका लागि १९ लाख ३२ हजार र एमबीबीएसका लागि ४२ लाख ५० हजार शुल्क निर्धारण गरेपनि मेडिकल कलेजहरुले त्यसबाहेक अतिरिक्त रकम उठाउँदै आएका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको उक्त मेडिकल कलेजले विश्वविद्यालयले निर्धारण गरेकै शुल्क लिएको दाबी गर्दै आएको छ ।विद्यार्थीहरुलाई इन्टनसिप गराउँदा लाग्ने खर्चका लागि कलेजले अतिरिक्त रकम उठाउने गरेको मेडिकल प्रशासनले जनाएको छ । आन्दोलनका कारण वार्षिक परिक्षा स्थगित भएको छ । विद्यार्थीको आन्दोलन शुक्रबार १६ औं दिनमा पुगेको छ ।

 
 
  
 

You may also like