आलुले यसरी चम्काउनुहोस् अनुहार

by समतल अनलाइन

आलु एक यस्तो तरकारी हो जुन १२ महिनै बजारमा सहजै पाइन्छ । आलुको प्रयोग तरकारीको रुपमा मात्रै नभई सौन्दर्य बढाउनका लागि पनि गर्न सकिन्छ । अनुहारमा भएका दाग र आँखाको डार्क सर्कल हटाउन आलु निकै नै लाभकारी हुन्छ । आलुको रस आँखाको वरिपरि लगाउनाले आँखा सुन्निएको पनि निको हुन्छ ।

जानौं आलुको प्रयोगले कसरी अनुहारको चमक र छाला कसिलो बनाउँछ स् आलु र अन्डा आलु र अन्डाको फेस प्याक अनुहारमा लगाउनाले छाला कसिलो हुन्छ । त्यसका लागि आधा टुक्रा आलुको रसमा एउटा अन्डाको सेतो भाग राखेर राम्रोसँग मिसाउने । तयार पेस्टलाई अनुहार र गर्दनमा लगाएर २० मिनेट जति सुक्न दिने । त्यसपछि चिसो वा मनतातो पानीले अनुहार सफा गर्ने । आलु र बेसार आलु र बेसारको फेस प्याकको नियमित प्रयोगले छाला सफा र बेदाग बनाउँछ । त्यसका लागि आलुलाई पिसेर त्यसमा एक चिम्टी बेसार राखेर मिसाउने । तयार पेस्ट अनुहारमा लगाएर आधा घन्टा सुक्न दिने । त्यसपछि अनुहार धुने । यसले अनुहार सफा र बेदाग बनाउँछ । आलु र मुल्तानी माटो योे फेस प्याकले अनुहारमा निखार ल्याउनुका साथै डन्डिफोर र अनुहार सुन्निने समस्यामा राहत दिन्छ ।

 

यो फेस प्याक बनाउन नताछेको आलुको पेस्ट बनाउने र त्यसमा ३ देखि ४ चम्चा मुल्तानी माटो र केही थोपा गुलाब जल राख्ने । यसलाई राम्रो सँग मिक्स गर्ने । तयार पेस्टलाई अनुहार र गर्दनमा लगाउने । करिब ३० मिनेटपछि अनुहार धुने । आलु र दुध आधा टुक्रा आलुलाई ताछेर त्यसको रस निकाल्न र त्यसमा दुई चम्चा काँचो दुध मिसाउने । सो रसलाई कपासको माध्यमले अनुहार र गर्दनमा लगाउने र २० मिनेटपछि धुने । यो प्याक सातामा ३ दिन नियमित प्रयोग गरे अनुहारमा देखिने फरक अनुभव गर्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

 
 
  
 

You may also like