अन्तर विद्यालय छात्र तथा छात्रा नकआउट फुटवल प्रतियोगिता २०७६ को उपाधी स्कलर्स होमले चुम्यो

श्रेष्ठलाई उत्कृष्ट पत्रकारीता सम्मान
१९ असार, बुटवल । रुपन्देहीमा सम्पन्न क्वीक्स कप अन्तर विद्यालय छात्र तथा छात्रा नकआउट फुटवल प्रतियोगिता२०७६ को जिल्लास्तरीय छनौटको उपाधि स्कलर्स होम बो स्कुलले हात पारेको छ ।

निक्कै प्रतिस्प्रर्धात्मक फाईनल खेलमा स्मृति बोर्डिङ्ग स्कुललाई ट्राईबेकरमा ४ गोलले पराजित गर्दै स्कलर्सले उपाधि हात पारेको हो । उपाधिसंगै स्कलर्स होमले नगद ३० हजार, कप, पदक र प्रमाण पत्रबाट पुरस्कृत भएको छ ।

स्मृति प्रतियोगितामा उपविजेता बन्दै नगद १५ हजार, ट्रफि, पदक र प्रमाण पत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा छात्रतर्फ उत्कृष्ट हुने गोलकिपर स्कर्लस होमकी अभिषेक सुनार, डिफेन्स स्र्कलस होमका जिवन राई मगर, मिडफिल्डर स्कलर्स होमका रिजन गुरुङ, फरवार्ड र हाईस्कोरर स्मृतिका सदिप केसी घोषित भए । म्यान अफ दी सिरिज स्मृतिका सुभाष बम ठकुरी घोषित हुदै नगद दुई हजार, कपबाट पुरस्कृत भएका छन ।

आईतबार भएको निक्कै प्रतिस्प्र्रात्मक छात्र प्रतियोगितामा निर्धारित समय गोल रहित बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा स्कलर्सका जीवन राई मगर, विज्ञान गुरुङ्ग, रिजन गुरुङ र जुलेश थापाले गोल गरेका थिए । स्कलर्सका सीजन थापको प्रहार बाहिरियो ।

स्मृतिका सुदीप केसी र निखिल कार्कीको प्रहार गोलमा परिणत भएको थियो । अजय पाठकको प्रहार बारमा लागेको फर्कियो भने अंकित सिजापतिको प्रहार बाहिरीएको थियो ।

यसैगरि आईतबार भएको छात्रातर्फको खेलमा स्मृति बोर्डिङ्ग स्कुलले उपाधि हात पारेको छ । स्मृतिले जनज्योती माविलाई ४ गोलले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसंगै स्मृतिले नगद १० हजार, कप, पदक र प्रमाण पत्रबाट पुरस्कृत भएको छ भने शान्ति नमुना उपविजेता बन्दै नगद ५ हजार, कप, पदक र प्रमाण पत्रमा चित्त बुझाएको छ । स्मृतिको जितमा रितु तामाङ्ग नायक रहिन ।

उनले खेलको ५४ र ६० औ मिनेटमा गोल गरेकी थिईन । खेलको १० औ मिनेटमा मायासरी गाहाले गोल गर्दै खेलमा अग्रता लिएको थियो । यसैगरि खेलको ४३ औ मिनेटमा अन्जु दलार्मीले गोल गरिन ।

छात्रातर्फ प्लेयर्स अफ दी सिरिज शान्ति नमुनाकी सुश्मिता नेपाली घोषितहुदै भईन । यसैगरि स्मृतिकी अन्जु दलार्मी ८ गोल गर्दै हाईस्कोररबाट पुरस्कृत भईन । दुबैले नगद दुई हजार, कपबाट पुरस्कृत भएका छन ।

एक समारोहका बिच प्रदेश नं. ५ का प्रदेश सदस्य भोज प्रसाद श्रेष्ठ, उपमहासचिव प्रकाश पंगेनी, जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य दीर्घ बहादुर केसी, उपाध्यक्ष भुपेन्द्र क्षेत्री (हरि) ले विजेता, विजेता टिमलाई पुरस्कार वितरण गरेका छन ।

श्रेष्ठलाई उत्कृष्ट पत्रकारीता सम्मान

प्रतियोगिता अवधिभर संचार क्षेत्रबाट महत्वपूर्ण सहयोग गरेको भन्दै कान्तिपुर टिभी, कान्तिपुर साप्ताहिक र बुटवलटुडेका पत्रकार स्वस्तिक श्रेष्ठलाई नगदसहित कप र सम्मानपत्रबाट पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा रुपन्देही जिल्लाका नीजि तथा सामुदायिक विद्यालयहरुका ४३ टिमलाई ४ समुहमा खेलाईएको थियो भने ७ वटा छात्रा टिमहरु रहेका थिए ।

 
 
  
 

You may also like