काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८१ अंकले बढेर दुई हजार ८० दशमलव ८६ अंकमा कायम भएको हो ।
आज दुई सय ७१ कम्पनीको ९७ लाख १८ हजार सात सय ५४ कित्ता शेयर ९५ हजार नौ सय ६५ पटक खरिद बिक्री हुँदा तीन अर्ब एक करोड ८४ लाख ६० हजार पाँच सय १२ बराबरको कारोबार भएको छ । वित्त, उत्पादन तथा प्रशोधन लघुवित्त र अन्य समूहका उपसूचक क्रमशः एक दशमलव ३०, १० दशमलव ३४, १३ दशमलव ५५ र शून्य दशमलव १८ अंकले घटेका छन् भने बाँकी सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूह दुई सय ४१ दशमलव ५७ र होटल तथा पर्यटन समूह एक सय सात दशमलव ५० अंकले बढेका छन् ।
त्यस्तै, बैंकिङ १३ दशमलव ६१, विकास बैंक २१ दशमलव ३०, जलविद्युत् १८ दशमलव ५१, लगानी शून्य दशमलव ३०, जीवन बीमा ५८ दशमलव १३ र व्यापार समूह शून्य दशमलव ०८ अंकले बढेका छन् । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने घोराही सिमेन्ट इन्ड्रस्टी लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।