कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ०२ पैसा र बिक्री दर १३१ रूपैयाँ ६२ पैसा रहेको छ । युरो एकको खरिद दर १४६ रूपैयाँ ३७ पैसा र बिक्री दर १४७ रूपैयाँ ०४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ २५ पैसा र बिक्री दर १७२ रूपैयाँ ०३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like