मैत्रीपूर्ण खेलका लागि महिला फुटबल टोली आज बंगलादेश जाँदै

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोली आज (मंगलबार) बंगलादेश प्रस्थान गर्दैछ । नेपाल बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलमा सहभागी हुन महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गर्न लागेको हो । जसअनुसार नेपालले बंगलादेशसँग पहिलो खेल असार २८ गते र दोस्रो खेल असार ३१ गते खेल्दै छ ।

डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजना राना, विमला विके, निशा थोकर, समीक्षा घिमिरे, अन्चली वाइवा ।
मिडफिल्डर – रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही ।

फरवार्ड – सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल ।

 
 
  
 

You may also like