पहिलो पाइला नेपालको दोश्रो महाधिवेशन बुटवलमा सम्पन्न ,नयाँ नेतृत्व चयन

बुटवल ।पहिलो पाइला नेपालको केन्द्रिय दोस्रो महाधिवेशन सम्पन्न भएको छ।

शनिबार बुटवलमा भएको महाधिवेशनमा देशभरका विभिन्न शाखा प्रतिनिधिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

पहिलो पाइला बुटवलको आतिथ्य आयोजना र पहिलो पाइला तिलोत्तमाको सह-आतिथ्यतामा कार्यक्रम गरेका हुन।

प्रमुख अतिथि बुटवल उप- महानगरपालिका उपमेयर सवित्रादेवि आचार्यले युवा समाज रुपान्तरणको एक खम्बा भएको भन्दै युवा पिढी राजनीतिमा आई देश र समाजमा भएका विसङतीलाई जडैबाट उखेल्ल सकिनेमा जोड दिनुभयो।

उहाँले पहिलो पाइला नेपालले गरेका कामहरुको प्रसंशा गर्दै पृथक रुपमा काम गरे सहयोग गर्न तप्पर गरेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै देशमा उचित खालको रोजगार , ब्यवसाय लगानी सुरक्षित नभएको भन्ने युवालाई त्यस प्रकारको लगानी गर्ने ठाउँ आफैले निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

पहिलो पाइला नेपालले देशभर रहेका उत्कृष्ट शाखालाई विभिन्न विधामा सम्मान गरेको छ ।

एक्ट्रा अडिनरी प्रोजेक्ट अफ द एयर रन्जित दनईलाई,
एस्सेलेन्ट ब्रान्च अफ एयर विरगन्ज शाखालाई
, वेस्ट ब्रान्च बुटवल शाखालाई र पिपिएन अफ द हिरो अफ द एयर बुटवल शाखाका बर्तमान अध्यक्ष पारस मरासिनीलाई सम्मान गरिएको हो ।

पहिलो पाइला नेपालका विभिन्न शाखा लगायत विभिन्न व्यक्तिहरुले सुभकामना मन्तव्य राख्नुभएको थियो।

प्रतिभा जिसिको अध्यक्षता, बुटवल उप-महानगरकि उप-प्रमुख सावित्रादेवी आचार्य प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रम सञ्चालन सह-सचिव आयुषले गर्नुभएको थियो।

नयाँ नेतृत्व चयन

पहिलो पाइला नेपालको दोस्रो महाधिवेशनबाट अध्यक्षमा निराजन धमला चयन हुनुभएको छ।

जसमा वरिष्ठ उपाध्यक्षमा आयुष पौडेल ,उपाध्यक्षमा दिपिका पराजुली , महासचिवमा बिनोद महत,सचिवमा पारस मरासिनी ,सहसचिवमा लक्ष्मी केसि चयन भएका छन ।

त्यसैगरी कोषाध्यक्षमा बिजय भण्डारी , कार्यसमिति सदस्यहरुमा सचिवालय सदस्य शालिकराम भुसाल , सन्तोष खरेल,मेघनाथ फुयाल ,  र रुबिन पाण्डे चयन भएका छन ।

 
 
  
 

You may also like