तिलोत्तमा लगानी सम्मेलन हुदै

कृर्षि ,पर्यटन र उद्योगमा लगानी भित्रयाउन लगानी सम्मेल

१९ साउन, बुटवल । तिलोत्तमा नगरपालिकाले आगामी असौज ९ गते देखि आयोजना गर्ने लगानी सम्मेलनमा कृर्षि ,पर्यटन र उद्योगलाई आधार बनाएर लगानी भित्रयाउने लक्ष्य अगाडी बढाएको जनाएको छ ।

दुई दिन सम्म संचालन हुने लगानी सम्मेलनमा ५० विदेशी र २ सय स्वदेशी गरी २ सय ५० जना लगानी कर्तालाई सहभागी बनाउने तयारी भैरहेको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले बताए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले आईतवार मणिग्राममा आयोजना गरेको नेपाल भ्रमण वर्ष २०२० र लुम्बिनी भ्रमण वर्ष २०७६लाई सफल पार्न स्थानिय सरकार र होटल व्यवसायीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा मेयर घिमिरेले तिलोत्तमा नगरपालिका क्षेत्रमा लगानीको लागि उपयुक्त स्थान र वातावरण रहेको छ भनी ग्यारेण्टी गर्न लगानी सम्मेलन आयोजना गरिएको बताए ।

नगरपालिका क्षेत्रमा अहिले पनि ६६ प्रतिशत भुभाग खाली रहेकाले कृर्षि ,पर्यटन र अन्य उद्योग स्थापनाका लागि जग्गा प्रसस्त रहेको बताउदै मेयर घिमिरेले स्वदेशी तथा विदेशी लगानी कर्तालाई ढुक्कसंग लगानी गर्ने वातावरण मिलाउन आफु लागि परेको बताए ।

सीमावर्ती क्षेत्र वेलहिया आउदाँ नै पर्यटकलाई लुम्बिनी आएको महशुष हुने गरी पुर्वाधार विकास गर्न जरुरी रहेको औल्याउदै मेयर घिमिरेले पर्यटक आउने वातावरण व्यवसायीले पनि मिलाउनु पर्नेमा जोड दिए ।

उनले नगरपालिकाको ग्यारेण्टीमा युवाहरुलाई बिना धितो २० लाख सम्म सस्तो व्याजमा क्रण लगानी दिलाउने गरी वित्तिय संस्थासंग सम्झौता गर्ने तयारी गरेको पनि बताए ।

यो भएपछि नगरमा व्यवसाय गर्न युवाहरुलाई आर्थिक समस्या नर्पने समेत मेयर घिमिरेले बताए । कार्यक्रममा व्यवसायीहरुले सीप अनुसार व्यवसाय गर्न आर्थिक अभाव भएको भन्दै सरकारको ध्यानआर्कषण गराएका थिए ।

होटल व्यवसायी संघका प्रमुख सल्लाहकार गोपाल रानाले भौतिक संरचना विना पर्यटन फस्टाउन नसक्ने भन्दै पुर्वाधार बिकासमा जोड दिनु पर्ने धारण राखे । उनले लुम्बिनीमा आउने पर्यटकको मायादेवि मन्दिरको दर्शनमा जादाँ जुत्ता हराउने गरेकोमा प्रहरी प्रशासन गम्भिर हुन आह्वान गरे ।

तिलोत्तमा व्यापारसंघका अध्यक्ष जेपी कण्डेल र तिलोत्तमा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले व्यवसायीले पर्यटकलाई गुणस्तरिय सेवा प्रवाह गर्न जरुरी रहेको औल्याए ।
\
होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले भ्रमण वर्षले व्यवसाय फस्टाउने भएकाले व्यवसायीले गुणस्तरिय भोजन, आवास, वोली बचनलाई मिठासर सरसफाईमा बढी ध्यान दिन जरुरी रहेको बताए ।

कार्यक्रममा संघका महासचिव माधव कुमार खनाल, तिलोत्तमा संयोजक बसन्त पराजुली लगायतका व्यवसायीले लुम्बिनीलाई धार्मिक स्थल संगै पर्यटकिय हर्वका रुपमा विकास गर्नु पर्नेमा जोड दिएका थिए ।

 

 
 
  
 

You may also like