निर्धारित समयमै अरुण तेस्रो जलविद्युत परियोजना सम्पन्न गर्ने भारतको प्रतिवद्धता

१९ साउन, काठमाडौं । भारतको लगानीमा बनिरहेको अरुण तेस्रो जलविद्युत परियोजना निर्धारित समयमा सम्पन्न गर्ने भारतले प्रतिवद्धता जनाएको छ ।

उर्जामन्त्री वर्षमान पुन अनन्तुसँग आइतबार सिंहदरबारमा भेटवार्ता गरेर भारत सरकारको स्वामित्वमा रहेको कम्पनी एसजेवीएनका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले परियोजनाका विभिन्न पक्षका विषयमा जानकारी गराए ।

अरुण तेस्रोको प्रगति अहिलेसम्म २२ प्रतिशत सम्पन्न भएको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पुनले सरकारले जलविद्युतको क्षेत्रमा लगानीको वातावरण बनाएको बताए । मन्त्री पुनले समय भित्र नै अरुण तेस्रो परियोजना सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

उर्जामन्त्री पुनले नयाँ कार्यकारी अधिकृत बनेका धिमानलाई काम समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेका हुन् । मन्त्र पुनले भने, ‘हामीले लगानीको वातावरण बनाएका छौँ । तपाईहरुले समय भित्र नै परियोजना निर्माण गर्नुहुन्छ भन्ने हामीलाई विश्वास लागेको छ ।’

एसजेवीएनका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत धिमानले परियोजना समय भित्र नै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

सरकारले मात्र नभएर स्थानीय नागरिकले पनि परियोजना बनाउनका लागि सहयोग गरिरहेको उनले बताए । धिमानले परियोजनाको अहिलेसम्मको प्रगतिका बारेमा मन्त्री पुनलाई जानकारी गराएका छन् ।

९ सय मेघावाट क्षमताको अरुण तेस्रोको २०७५ साल वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय सककक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

परियोजनाबाट सन् २०२२ भित्र नै बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

 
 
  
 

You may also like