प्रेस युनियन रुपन्देहीको पदस्थापन

बुटवल।नेपाल प्रेस युनियन रूपन्देहीको नवौं अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको पदस्थापन गरिएको छ । बुटवलमा आज एक समारोहकाबिच निबर्तमान सभापति रेखा भुसालको नेतृत्वले नवनिर्वाचित अध्यक्ष कविन्द्र नेपालको नेतृत्वलाई पदहस्तान्तरण गरेको हो ।

सो अवसरमा बोल्दै निर्वाचन समितिका संयोजक महेन्द्रप्रसाद पाण्डेले संसारमा सबैभन्दा सम्मानित पेशा पत्रकारिता रहेको भन्दै समाजको नेतृत्व पत्रकारिताले मात्रै गर्ने बताउनुभयो । उहाँले निडर र निर्भिक भएर समाज रुपान्तरण गर्न मिडियाको भूमिका रहने बताउनुभयो ।

सो अबसरमा युनियनका पुर्व अध्यक्षहरू रामराज पोखरेल, भवानीप्रसाद पाण्डे ,बिक्रम खड्का,निवर्तमान अध्यक्ष रेखा भुसाल,निर्वाचन समितिका संयोजक महेन्द्रप्रसाद पाण्डे,सदस्य बिजय पोखरेल,प्रदेश कोषाध्यक्ष सीपी खनाललगायतले बोल्दै नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ संगठनको गरिमा कायम राख्दै अघि बढ्न सुझाव दिनुभयो ।

पुर्व सभापति रामराज पोखरेलले आफूले पाएको जीपी कोईराला स्मृति पत्रकारिता पुरस्कारको २५ हजार रकम युनियनलाई नै हस्तान्तरण गर्नुभयो ।

नव निर्वाचित अध्यक्ष कविन्द्र नेपालले सबैलाइ समेटेर कार्यकाललाइ थप रचनात्मक बनाउने बताउनुभयो ।सो अवसरमा बोल्ने बक्ताहरूले प्रेस युनियनलाई नम्वर वान संगठनको रूपमा स्थापित गराईराख्नुपर्ने बताएका थिए ।

कार्यसमितिको पहिलो बैठकका पाँच निर्णय :

युनियनको आजै बसेको कार्यसमितिको पहिलो बैठकले बिभिन्न पाँचवटा निर्णयहरु गरेको नेपाल प्रेस युनियन रूपन्देहीका सचिव कपिल ज्ञवालीले जानकारी दिनुभयो । बैठकले निर्वाचन समितिसहित निर्बाचनमा भूमिका निर्बाह गर्नुहुने हाइ कमाण्ड समिति ,सल्लाहकार ,पूर्व अध्यक्षहरु ,अग्रजलगायतलाइ धन्यबाद ज्ञापन गरेको छ ।

त्यस्तै गरि प्रेस युनियन रूपन्देहीको तत्कालै कार्यालय स्थापना गर्ने,बैक खाता संचालन गर्ने ,पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियानमा सघाँउदै नियमसंगत अगाडी बढ्ने,तथा हरेक महिनाको पाँच गते कार्यसमितिको बैठक (बिभिन्न ठाँउमा घुम्टी ) बस्ने लगायतका निर्णयहरु गरेको सचिब ज्ञवालीले बताउनुभयो । युनियन रुपन्देहीको यहि बैसाख २९ गते बुटवलमा नवौँ अधिबेशन तथा २१ औँ साधारणसभा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like