79
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणलगायत सबै भ्रष्टाचारका काण्डलाई छानबिन गर्न दबाब दिने उद्देश्यका साथ आज काठमाडौंको वसन्तपुरमा विरोध प्रदर्शन तथा सभाको आयोजना गरिएको राप्रपाले जनाएको छ । दिउँसो १ बजेबाट सुरु हुने सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने राप्रपाले जनाएको छ ।