कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ५२ पैसा र बिक्री दर १३२ रूपैयाँ १२ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ४३ पैसा र बिक्री दर १४३ रूपैयाँ ०८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ७१ पैसा र बिक्री दर १६४ रूपैयाँ ४६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०९ पैसा र बिक्री दर ३६ रूपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like